News Portal

रेडियो सुन्नुहोस्

के हो आँखामा लाग्ने मोतिविन्दु ? : लक्षण, कारण र उपचार

डा मधु थापा
३२३२ पटक

दृष्टिको लागि आँखा भित्रको लेन्स पारदर्शी हुनु जरुरी छ। जसरी झ्यालको सिसा सफा हँुदा प्रकाश राम्रोसँग कोठामा आउँछ र सफा नहुँदा आउंँदैन त्यसरी नै आँखाको लेन्स सफा नभएमा आँखाभित्र पर्ने प्रकाश कम हुन्छ र दृष्टि कम हुँदै जान्छ।

साधारणतया मोतिविन्दु जीवनको उत्तरार्धमा देखिन्छ। उमेर बढ्दै जाँदा आँखाको लेन्स  अपारदर्शी हुँदै जान्छ र धेरै नै असर भएपछि दृष्टि कम हुँदै जान्छ। यो एक प्रकारको उमेरसँग आउने परिर्वतन हो। जसरी उमेर बढेपछि छालामा चाउरी पर्ने, कपाल सेतो हुने हुन्छ त्यसरी नै आँखामा पनि मोतिविन्दुबढ्न थाल्छ।मोतिविन्दु अन्धोपनको कारणमध्ये एक प्रमुख कारण हो भने उपचार गर्न सकिने रोग पनिहो।

उमेरबाहेक आँखामा चोट लागेमा, मधुमेह भएमा, कुनै औषधिको सेवनले, करेन्ट वा सूर्यका विकिरणहरुले पनि र अन्य आँखाका रोगले पनि उमेरभन्दा चाँडो मोतिविन्दु ल्याउन सक्छ।

कतिपय समयमा बच्चाहरुमा जन्मजात पनि मोतिविन्दु हुन सक्छ।

लक्षण  
– दृष्टिमा धमिलोपन आउनु।
–  बत्तिमा हेर्दा गाह्रो हुनु, इन्दे्रणी जस्तो देखिनु।
– चस्माको पावर बारम्बार परिवर्तन हुनु।
– कुनै चिजलाईदुई वटा देखिनु।
– नजिकको दृष्टिमा केही सुधार देखिनु।
–  राति गाडी, मोटरसाइकल चलाउन गाह्रो हुनु।

मोतिविन्दुका कारण
– बढ्दो उमेर
– मधुमेह
–  धूमपान
–  आँखामा चोटपटक लाग्नु
– आँखाको कुनै अरुप्रकारको शल्यक्रिया
– स्टेरोइड औषधिको प्रयोग
– मादक पदार्थको अत्याधिक सेवन
– छाला रोगहरुको जस्तैअटोपिक डेरमाटिटिस

मोतिविन्दुको उपचार गर्न सकिन्छ?
मोतिविन्दुको उपचार भनेको शल्यक्रिया मात्रहो। बिरामीको धमिलो लेन्स शल्यक्रियाद्वारा निकालेर कृत्रिम लेन्स सोहीठाउँमा राखिन्छ। सो शल्यक्रियापछि आँखाको ज्योति पहिलेजस्तै राम्रो हुन्छ। मोतिविन्दुको सुरुको अवस्थामा चस्माले केही समयलाई काम गर्न सक्छ।

शल्यक्रियाअगाडि ध्यानदिनुपर्ने कुराहरु
आँखाको इन्फेक्सन, आँखावरिपरि कुनै प्रकारको संक्रमण भएको हुनु हुँदैन।
आँखाबाहेक अन्यभागमा पनि कुनै प्रकारको संक्रमण हुनु हुँदैन। यसबाट पनि शल्यक्रिया बिग्रन सक्छ।
मधुमेह वा उच्च रक्तचाप,दम नियन्त्रणमा हुनु पर्दछ। ज्वरो आएको, रुघा–खोकीलागेको बेलामा शल्यक्रियागर्नु हुँदैन।

मोतिविन्दुबाट कसरी बच्न सकिन्छ
मोतिविन्दुबाट बच्नको लागिकुनै चमत्कारी उपाय नभएतापनि भिटामिन ईको सेवन, माछाको तेल,हरियो सागसब्जी, पालुंगो, ताजा फलफूल सेवनले पनि मोतिविन्दु हुनबाट बच्न केही हदसम्म मद्दत गर्ने केही अध्ययनले देखाएका छन्।
सूर्यको विकिरणबाट जोगिनको लागि युभी प्रोटेक्सनहुने चस्मा प्रयोग गर्नु पर्दछ। धूमपान र मदिरा सेवन नगर्ने व्यक्तिमा मोतिविन्दु केही कम वा ढिलो देखिएको छ।

शल्यक्रियापछि ध्यानदिनुपर्ने कुराहरु
शल्यक्रियापछि चिकित्सकको सल्लाहअनुसार नियमित आँखामा औषधिहाल्नुपर्छ।
आँखालाई धूलोधुवाँबाट बचाउनुपर्छ।
आँखाभित्र नुहाउँदा,मुख धुँदा पानी पार्न हुँदैन।
आँखा धेरै दुखेमा, रातो भएमा वा दृष्टि कमभएमा तुरुन्तै आँखा अस्पतालमा सम्पर्क राख्नुपर्छ।
भारी उठाउने, कब्जियत, खोकीबाटबच्नुपर्छ।

शल्यक्रियापछि फेरि मोतिविन्दु हुन सक्छ ?
एक पटक मोतिविन्दु निकालेपछि फेरि हुँदैन। तर केही समयपछि आँखाको दृष्टि पहिलेको जस्तै धमिलो हुन सक्छ, जुन चस्माले पनि ठिक हुँदैन। लेन्सको पछाडि फेरि पर्दाजस्तो बन्छ। यसलाई याग लेजरले शल्यक्रियाविना सफा गर्न सकिन्छ। यसमा खासै डराउनु पर्ने हुँदैन।

मोतिविन्दु भएर पनि शल्यक्रिया नगरे के हुन्छ ?
मोतिविन्दुको शल्यक्रिया नगरेमादृष्टि विस्तारैविस्तारै कमहुन गई आँखा धमिलो हुँदा लड्ने, ठोकिने, चोटपटक लाग्ने सम्भावना धेरै हुन्छ। उमेर पुगेका व्यक्तिमा सानो चोटपटकले पछि धेरै नै जटिलताल्याउन सक्छ।

धेरै समयसम्म मोतिविन्दु राख्यो भने आँखामा त्यसैको कारणले जलविन्दु हुन्छ, जसले गर्दा शल्यक्रिया सफलनहुने, शल्यक्रियापछि आँखाको ज्योतिनफर्कने हुन सक्छ। आँखाभित्र राख्नुपर्ने कृत्रिम लेन्स राख्न नसकिने हुन सक्छ।त्यसैले डाक्टरको सल्लाहअनुसार समयमै मोतिविन्दुको शल्यक्रिया गर्नु जरुरी हुन्छ।

औषधि प्रयोग गर्दा ध्यानदिनुपर्ने कुराहरु
– सफासँग हात धोएर मात्र औषिधि हाल्नुपर्छ।
– औषधिकोबोतललाई  राम्रोसँग हल्लाउनुपर्छ।
– उत्तानो सुतेर वा टाउको पछाडिढल्काएर औषधि प्रयोग गर्नुपर्छ।
– तलको आँखाको ढकनी खोलेर मात्र औषधि हाल्नुपर्छ।
– औषधिको बोतलको टुप्पोले आँखा छुन हुँदैन।
–  कुनै पनि औषधि १ थोपाभन्दा बढी हाल्नु पर्दैन।
–  औषधि हालेपछि २÷३मिनेट आँखा बन्द गर्नुपर्छ।
–  २ वटा वा सोभन्दा बढी औषधि हाल्नु परेमा कम्तीमा पनि ६मिनेटको फरकमा हाल्नुपर्छ।

(उप प्राध्यापक डा थापा बिपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्र, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा कार्यरत छिन्।सान्दर्भिक ठानेर हामिले स्वास्थ्यखवर डटकम वाट सामाग्री साभार गरेका हौं।)

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...