News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा यस वर्ष धान उत्पादन बढ्यो

शशिधर भण्डारी२०८१ कार्तिक २९
११२ पटक
२०८१ कार्तिक २९

यस वर्ष धान उत्पादन वृद्धि भएपछि प्यूठानका किसान खुसी भएका छन् । उचित समयमा भएको वर्षा, उन्नत जातको धानको बीउ छनोट र रोगको प्रकोप नदेखिएपछि जिल्लामा धान उत्पादनमा वृद्धि भएको हो । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयको तथ्याङ्क अनुसार गत वर्षको तुलनामा यस वर्ष ३ हजार ३ सय ४६ मेट्रिक टन बढी धान उत्पादन भएको छ ।

उचित समयमा भएको वर्षा, उन्नत जातको धानको बीउ छनोट र रोगको प्रकोप नदेखिएपछि जिल्लामा धान उत्पादनमा वृद्धि भएको हो ।

कार्यालयका प्रमुख उमेशचन्द्र श्रेष्ठका अनुसार यस वर्ष जिल्लामा २५ हजार ३ सय १३ दशमलव ७५ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष २१ हजार नौ सय ६७ मेट्रिक टन धान उत्पादन भएको थियो । कार्यालयका अनुसार छ हजार पाँच सय ६५ हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ । जिल्लामा सबैभन्दा बढी प्यूठान नगरपालिका र सबैभन्दा कम नौबहिनी गाउँपालिकामा धान उत्पादन हुने गरेको छ । जिल्लामा उन्नत जातका बीउको प्रयोग गर्न थालिएको र मौसमले साथ दिएकाले उत्पादनमा वृद्धि भएको श्रेष्ठको भनाइ छ । उन्नत बिउमा सहयोग पुग्दा धान उत्पादन बढेको प्यूठान नगरपालिका–२ कि कृषक शर्मिला रावतले बताइन । सावित्री जातको उन्नत बिउको प्रयोगले गाउँका किसानहरूको धान उत्पादन बढेको  उनले बताइन्  । धानको उन्नत बिउ उत्पादनको काम गर्दै आएको विजयनगर साना किसान सहकारी संस्थाको अध्यक्ष समेत रहेकी उनले उन्नत बिउको प्रयोग गर्दा रोगव्याधीमा कमी हुनाले पनि उत्पादन बढेको सुनाइन् ।

प्युठानका केही फाँटहरूमा सीमित सिँचाइ सुविधा उपयोग गरी कृषकले चैते धानको समेत खेती गर्न थालेका छन् । जिल्लाको प्यूठान नगरपालिका, मल्लरानी र ऐरावती गाउँपालिकाको ८० हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएको थियो । प्यूठानमा धान उत्पादन वृद्धि तथा प्रोत्साहनमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई ले धान जोनका रूपमा काम गर्दै आइरहेको छ ।

प्यूठानका किसानले चैते पाँच, हर्दिनाथ–एक र हर्दिनाथ–तीन जातका बिउ चैते धानका रूपमा र वर्षा याममा  राधा–१२, राधा–१४, सावित्री, हर्दिनाथ–छ जातका धानको बिउ प्रयोग गर्दै आएका छन् ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रवि लामिछाने चितवन अदालतमा उपस्थित, बयानको तयारी

पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित भएका छन् सहारा चितवन बहुउद्देश्यीय...

त्रिभुवन विश्वविद्यालयले थाल्यो स्ववियु चुनावको तयारी

त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको तयारीका लागि विश्वविद्यालयले २३ वटा विद्यार्थी संगठनसँग छलफल...

जेठमा ‘सगरमाथा संवाद’ गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले आगामी २०८२ जेठ पहिलो साता काठमाडौंमा सगरमाथा संवाद आयोजना गर्ने निर्णय गरेको छ ।...

मुख्यमन्त्रीसँग विद्यार्थीको माग – ‘विद्यालय पुग्ने सडक बनिदिनु पर्‍यो’

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग रोल्पाको कोटगाउँका विद्यार्थीले विद्यालय पुग्ने बाटो बनाइदिन माग गरेका छन्...

अत्यावश्यक परेमा स्मार्ट लाइसेन्स तत्काल पाईने

लामो समयदेखि रोकिएको सवारी चालक अनुमति-पत्र (स्मार्ट लाइसेन्स) अति आवश्यक परेका व्यक्तिले तत्काल पाउने भएका...