News Portal

रेडियो सुन्नुहोस्

घरबास नभएपछि सार्वजनिक स्थलमा श्रीमानको किरिया

शशिधर भण्डारी२०८१ मङ्सिर ५
७९० पटक
२०८१ मङ्सिर ५

घरबास नभएपछि प्यूठानकी ३२ वर्षीय रिता बुढामगर सार्वजनिक स्थलमा श्रीमानको किरिया बसेकी छिन् । मङ्गलवार श्रीमान् उज्वल बुढामगरको मृत्यु भएपछि उनी प्यूठान नगरपालिका ३ स्थित सापडाँडा स्वास्थ्य चौकीको निर्माणाधीन टहरामा किरिया बसेकी हुन् ।

ड्राइभर पेसा गर्ने उज्वलको मङ्गलवार ट्रकमा बसेकै समयमा एक्कासि बेहोस भई मृत्यु भएको थियो । ८ वर्षअघि विवाह गरेका उनीहरूका ६ वर्षीय छोरी र २ वर्षीय छोरा छन् । गौमुखी गाउँपालिका वडा नं. २ अर्खा घर बताउने उज्वलले रितालाई बिहेपछि गाउँमा समेत नलगेको रिताले बताईन । उनीहरूको परिवार कोठा भाडामा बस्दै आएको थियो ।

घरधनीले मृत्यु संस्कार आफ्नो घरमा गर्न नदिने भनेपछि रिताले सार्वजनिक स्थलमा श्रीमानको किरिया बसेकी हुन् । श्रीमानको मृत्युपछि अन्तिम संस्कार गर्ने ठाउँ नभएपछि स्वास्थ्य चौकीको निर्माणाधीन टहरामा व्यवस्था मिलाइएको प्यूठान नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष सुमनराज श्रेष्ठले बताए ।

परिवारमा आम्दानी गर्ने मुख्य व्यक्तिको मृत्यु भएपछि रिताको परिवार सङ्कटमा परेको छ । उनका बालबच्चाको भविष्यको लागि स्थानीयले सहयोगको अपिल गरेका छन् । प्यूठान नगरपालिका–४ बिजुवारकी सावित्रा श्रेष्ठले बालबच्चाको भविष्य बिग्रन नदिन सबैले सहयोग गर्नुपर्ने बताइन् ।

प्यूठान नगरपालिकाका प्रवक्ता समेत रहेका वडा अध्यक्ष श्रेष्ठले रिताको परिवारलाई सहयोगका लागि सहयोगदाताहरू खोजिरहेको बताए । ‘उहाँहरू प्यूठान नगरपालिकाको हुनुहुन्न तर पनि हामीले दैनिकी निर्वाहको लागि समस्याको समाधान खोजिरहेका छौँ’ श्रेष्ठले भने ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...