News Portal

रेडियो सुन्नुहोस्

घरबास नभएपछि सार्वजनिक स्थलमा श्रीमानको किरिया

शशिधर भण्डारी२०८१ मङ्सिर ५
९३८ पटक
२०८१ मङ्सिर ५

घरबास नभएपछि प्यूठानकी ३२ वर्षीय रिता बुढामगर सार्वजनिक स्थलमा श्रीमानको किरिया बसेकी छिन् । मङ्गलवार श्रीमान् उज्वल बुढामगरको मृत्यु भएपछि उनी प्यूठान नगरपालिका ३ स्थित सापडाँडा स्वास्थ्य चौकीको निर्माणाधीन टहरामा किरिया बसेकी हुन् ।

ड्राइभर पेसा गर्ने उज्वलको मङ्गलवार ट्रकमा बसेकै समयमा एक्कासि बेहोस भई मृत्यु भएको थियो । ८ वर्षअघि विवाह गरेका उनीहरूका ६ वर्षीय छोरी र २ वर्षीय छोरा छन् । गौमुखी गाउँपालिका वडा नं. २ अर्खा घर बताउने उज्वलले रितालाई बिहेपछि गाउँमा समेत नलगेको रिताले बताईन । उनीहरूको परिवार कोठा भाडामा बस्दै आएको थियो ।

घरधनीले मृत्यु संस्कार आफ्नो घरमा गर्न नदिने भनेपछि रिताले सार्वजनिक स्थलमा श्रीमानको किरिया बसेकी हुन् । श्रीमानको मृत्युपछि अन्तिम संस्कार गर्ने ठाउँ नभएपछि स्वास्थ्य चौकीको निर्माणाधीन टहरामा व्यवस्था मिलाइएको प्यूठान नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष सुमनराज श्रेष्ठले बताए ।

परिवारमा आम्दानी गर्ने मुख्य व्यक्तिको मृत्यु भएपछि रिताको परिवार सङ्कटमा परेको छ । उनका बालबच्चाको भविष्यको लागि स्थानीयले सहयोगको अपिल गरेका छन् । प्यूठान नगरपालिका–४ बिजुवारकी सावित्रा श्रेष्ठले बालबच्चाको भविष्य बिग्रन नदिन सबैले सहयोग गर्नुपर्ने बताइन् ।

प्यूठान नगरपालिकाका प्रवक्ता समेत रहेका वडा अध्यक्ष श्रेष्ठले रिताको परिवारलाई सहयोगका लागि सहयोगदाताहरू खोजिरहेको बताए । ‘उहाँहरू प्यूठान नगरपालिकाको हुनुहुन्न तर पनि हामीले दैनिकी निर्वाहको लागि समस्याको समाधान खोजिरहेका छौँ’ श्रेष्ठले भने ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...