News Portal

रेडियो सुन्नुहोस्

आजको राशिफल: २०८१ मंसिर ८ शनिवार

संकलक: राम प्रसाद सुवेदी २०८१ मंसिर ८
१४० पटक
२०८१ मंसिर ८

मेष

कार्यक्षेत्रमा राम्रो मानसम्मान पाइनेछ। पहिला बिग्रेका कार्यहरूलाई सुधार गर्न अनुकूल समय रहेको छ। कार्यक्षेत्र होस् वा व्यापार व्यवसाय सबैतिरबाट लाभान्वित हुनुहुनेछ।

वृष

जीवनशैलीमा ठूलो परिवर्तन गर्न सक्नुहुनेछ। जग्गा जमिन वा पसल किन्ने सोच थियो भने सफलता मिल्नेछ। पुरानो कुरालाई लिएर मन अशान्त थियो भने शान्त हुनेछ। गणित वा आइटी क्षेत्रका विद्यार्थीहरूलाई समय अनुकूल रहनेछ।

मिथुन

सोधेको कुराको मात्रै प्रतिक्रिया दिनु उचित हुनेछ। तटस्थ भएर कार्यक्षेत्रमा काम गर्नुहोला। व्यापार व्यवसायमा नयाँ निर्णय लिनदेखि बच्नुहोस्। आफन्तहरूसँग रमाइलो भेटघाट हुनेछ।

कर्कट

कानुन विपरीत कुनै पनि कार्य नगर्नुहोस् । कार्यक्षेत्रमा लापरवाही देखि बच्नुहोस्। विद्यार्थी वर्गहरू लक्ष्य निर्धारण गरेर आफ्नो कार्य गर्नुहोस्। आजको दिन धैर्यतामा कमी रहनेछ।

सिंह

व्यर्थको काममा ऊर्जा वा पैसा खर्च नगर्नुहोस्। ऋण दिनबाट बच्नुहोस्। यात्रा सामान्य रहको छ। कार्यक्षेत्रमा भाग(दौड रहनेछ। आफ्नो स्वास्थ्यको ध्यान राख्नुहोस्।

कन्या

आयका नयाँ स्रोतहरू बन्नेछन्। अग्रिम योजनाहरूमा सफलता मिल्ने य‍ोग छ। आर्थिक कारोबारमा नयाँ निर्णयहरू सम्पादन हुनेछन्। कार्यक्षेत्रमा उच्च अधिकारीबाट सम्मान पाइनेछ।

तुला

संगीत वा कला क्षेत्रबाट हुनुहुन्छ भने प्रशंसा हुनेछ। विलासी वस्तुको लागि धन खर्च हुने योग छ। कार्यक्षेत्रमा कार्यको जिम्मेवारी बढ्नेछ। पितासँग मनमुटावका योग छन्।

वृश्चिक

कार्यक्षेत्रमा कार्यको सफलताले मन उत्साहित रहनेछ। समाजमा मानसम्मान बढ्नेछ। यात्रा लाभदायी रहनेछ। प्रेम सम्बन्ध सुखमय रहनेछ र जीवनसाथीको पूर्ण सहयोग मिल्नेछ।

वृश्चिक

कार्यक्षेत्रमा कार्यको सफलताले मन उत्साहित रहनेछ। समाजमा मानसम्मान बढ्नेछ। यात्रा लाभदायी रहनेछ। प्रेम सम्बन्ध सुखमय रहनेछ र जीवनसाथीको पूर्ण सहयोग मिल्नेछ।

धनु

कार्यक्षेत्रमा काम बिग्रेको भए मन चिन्ताग्रस्त रहनेछ। सोचेका काम पूरा हुनेछन्। समाजमा प्रतिष्ठित व्यक्तिहरूसँग भेटघाट हुनेछ। नयाँ कार्यको शुरूवात नगर्नु होला धैर्य राख्नुह‍ोस्।

मकर

साझेदारी व्यापारबाट लाभ मिल्नेछ। कार्यक्षेत्रमा सहकर्मीहरूको साथ मिल्नेछ। जीवनसाथीको स्वास्थ्यमा ध्यान दिनुहोस्। अर्कालाई सल्लाह दिनबाट बच्नुहोस्। विद्यार्थीहरूको तर्कशक्तिमा विकास हुनेछ।

कुम्भ
कार्यक्षेत्रमा नयाँ अवसरहरू हात लागि पर्नेछन्। आर्थिक कारोबारमा परिस्थितिलाई बुझेर निर्णय लिनुहोस्। व्यापार व्यवसायमा धोखा मिल्ने योग छ। वाहन चलाउँदा सावधान रहनुहोस्।

मीन

आयस्रोत सफल रहनेछ। व्यापार व्यवसायमा अरूको देखासिकी गरेर निर्णय नलिनुहोला। सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। राजनीतिक क्षेत्रमा मान बढ्नेछ। ईर्ष्या नगर्नु नै उत्तम रहनेछ।

श्रोत:  हाम्रोपात्रो

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया सरुमारानीमा सम्पन्न

भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सरुमारानीमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग...

शिक्षकहरुको आन्दोलन जारी, सुनेनन सरकारको अनुरोध

  सरकारको अनुरोधको बेवास्ता गर्दै शिक्षकहरुको आन्दोलन जारी रहेको छ । सरकारले बैशाख १२ गते...

शिक्षकको आन्दोलनले सरकारी विद्यालय सुनसान, निजीमा धमाधम भर्ना

शिक्षकहरूको आन्दोलनका कारण सरकारी विद्यालयको गतिविधि ठप्प हुँदा निजी विद्यालयले भने धमाधम भर्ना अभियान सञ्चालन...

२०८२ वर्ष बुढो नयाँ वर्षको शुभकामना !

आज नयाँ वर्ष । यस वर्षको नयाँ दिन । यसको रौनकले जताततै छपक्कै छाएको छ...

आफैले पेट्रोल खन्याएर आगो लगाउँदा ८० वर्षीय वृद्धको मृत्यु

बागलुङमा ८० वर्षीय एक वृद्धले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका छन् । बागलुङको ताराखोला...