News Portal

रेडियो सुन्नुहोस्

लुप्लुङमा राष्ट्रिय सङ्ग्रहालय बनाइने

झुलेनी नेटवर्क२०८१ मङ्सिर १०
५१७ पटक
२०८१ मङ्सिर १०

नौबहिनी गाउँपालिका ८, लुप्लुङमा राष्ट्रिय सङ्ग्रहालय निर्माण हुने भएको छ ।

ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको संरक्षण र अध्ययनका लागि धनञ्जय सङ्ग्रहालय निर्माण गर्न थालिएको लुप्लुङ, झुलेनी बराह«क्षेत्र संरक्षण केन्द्रका महासचिव धनेश्वर भण्डारीले बताए । धनञ्जय गोत्रीय भण्डारीहरू उद्गम स्थल मानिएको लुप्लुङमा निर्माण हुन उक्त सङ्ग्रहालयमा धनु र मनुसँग जोडिएका ऐतिहासिक तथा पुरातात्त्विक बस्तुहरू सङ्ग्रह गरिनेछ ।

लुप्लुङलाई पर्यटकीय स्थलको रूपमा विकास लागि विभिन्न पूर्वाधार निर्माणका लागि ५ करोड बढीको डिपिआर तयार पारिएको छ । सोही डिपिआर अन्तरगतको महत्त्वपूर्ण अंश मानिएको सङ्ग्रहालय करिब १ करोड लागतमा निर्माण हुने लुप्लुङ योजना बनेको झुलेनी बराह क्षेत्र संरक्षण केन्द्रका अध्यक्ष शोभाराम भण्डारीले बताए । सङ्ग्रहालय निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षमा पर्यटन डिभिजन कार्यालय मार्फत २० लाख बजेट विनियोजन गरेको छ । थप श्रोतका लागि स्थानीय तह शुभेच्छुकहरूबाट जुटाउने योजना रहेको अध्यक्ष भण्डारीले बताए ।

पश्चिम नेपालको जुम्ला, दैलेख हुँदै लुप्लुङ आउने क्रममा पुर्खाले लिएका ऐतिहासिक बस्तुहरू, ठेका, मदानी, हुक्कका चिलिम, धनुकाण, डोका, घण्ट लगायतका सामग्रीहरू समेत सङ्ग्रहित हुनेछन् । सङ्ग्रहालय निर्माणले ऐतिहासिक जीवनशैलीको अध्ययनका लागि टेवा पुग्ने विश्वास लिइएको भण्डारीले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...