News Portal

रेडियो सुन्नुहोस्

लुप्लुङमा राष्ट्रिय सङ्ग्रहालय बनाइने

झुलेनी नेटवर्क२०८१ मङ्सिर १०
८६७ पटक
२०८१ मङ्सिर १०

नौबहिनी गाउँपालिका ८, लुप्लुङमा राष्ट्रिय सङ्ग्रहालय निर्माण हुने भएको छ ।

ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको संरक्षण र अध्ययनका लागि धनञ्जय सङ्ग्रहालय निर्माण गर्न थालिएको लुप्लुङ, झुलेनी बराह«क्षेत्र संरक्षण केन्द्रका महासचिव धनेश्वर भण्डारीले बताए । धनञ्जय गोत्रीय भण्डारीहरू उद्गम स्थल मानिएको लुप्लुङमा निर्माण हुन उक्त सङ्ग्रहालयमा धनु र मनुसँग जोडिएका ऐतिहासिक तथा पुरातात्त्विक बस्तुहरू सङ्ग्रह गरिनेछ ।

लुप्लुङलाई पर्यटकीय स्थलको रूपमा विकास लागि विभिन्न पूर्वाधार निर्माणका लागि ५ करोड बढीको डिपिआर तयार पारिएको छ । सोही डिपिआर अन्तरगतको महत्त्वपूर्ण अंश मानिएको सङ्ग्रहालय करिब १ करोड लागतमा निर्माण हुने लुप्लुङ योजना बनेको झुलेनी बराह क्षेत्र संरक्षण केन्द्रका अध्यक्ष शोभाराम भण्डारीले बताए । सङ्ग्रहालय निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षमा पर्यटन डिभिजन कार्यालय मार्फत २० लाख बजेट विनियोजन गरेको छ । थप श्रोतका लागि स्थानीय तह शुभेच्छुकहरूबाट जुटाउने योजना रहेको अध्यक्ष भण्डारीले बताए ।

पश्चिम नेपालको जुम्ला, दैलेख हुँदै लुप्लुङ आउने क्रममा पुर्खाले लिएका ऐतिहासिक बस्तुहरू, ठेका, मदानी, हुक्कका चिलिम, धनुकाण, डोका, घण्ट लगायतका सामग्रीहरू समेत सङ्ग्रहित हुनेछन् । सङ्ग्रहालय निर्माणले ऐतिहासिक जीवनशैलीको अध्ययनका लागि टेवा पुग्ने विश्वास लिइएको भण्डारीले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...