News Portal

रेडियो सुन्नुहोस्

गौमुखीको किनाममा होमस्टे सञ्चालन

शशिधर भण्डारी२०८१ मङ्सिर १२
५३० पटक
२०८१ मङ्सिर १२

प्यूठानको गौमुखी, बाइसमुल झरना र नाङ्गी क्षेत्रमा घुम्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी गौमुखीमा होमस्टे सञ्चालनमा आएको छ । गौमुखी गाउँपालिका–२ अर्खा किनाममा सामुदायिक होमस्टेको निर्माण गरी सञ्चालनमा ल्याइएको हो ।

गौमुखी, नाङ्गिलेख, बाईसमुल झरना लगायतका क्षेत्रमा प्रशस्त धार्मिक तथा पर्या पर्यटनको सम्भावना रहेको गौमुखी क्षेत्र स्वर्गद्वारी–गौमुखी पदमार्गसँग पनि जोडिएको छ । ढोरपाटनको नजिक रहेको गौमुखीमा पहिलो पटक होमस्टे सञ्चालनमा आएको होमस्टे सञ्चालक तथा गौमुखी सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष मित्र थापाले जानकारी दिए । प्रदेश सरकारले डिभिजन वन कार्यालयमार्फत २०७७/०७८ मा सामुदायिक होमस्टे भवन बनाएको थियो । पूर्वाधार अपूर्ण रहेको उक्त भवनका लागि गौमुखी गाउँपालिकाले थप सहयोग गरेपछि यसै सातादेखि होमस्टे सञ्चालनमा आएको थापाले जानकारी दिए ।

सामुदायिक होमस्टे निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले डिभिजन वन कार्यालय मार्फत निर्माण गरेको भवनमा होमस्टे सञ्चालन हुन सकेको थिएन । जीर्ण बन्न थालेको भवनमा सिकाइ केन्द्रले गौमुखी गाउँपालिकाको सहयोगमा होमस्टे सञ्चालनमा ल्याएको हो । गाउँपालिकाको बजेटबाट होमस्टे सञ्चालकका लागि तालिम, व्यावसायिक कुखुरा पालनका लागि स्थानीयहरूलाई चल्ला वितरण र होमस्टेमा  आवश्यक सामग्रीहरू खरिद गरिएको थापाले बताए । ‘गौमुखीमा आउने पर्यटकलाई वासस्थानको राम्रो व्यवस्था हुने र गाउँलेको आम्दानी पनि बढ्ने आशा राखेका छौ,’ थापाले भने,‘ गाउँपालिकाको सहयोग निरन्तरता भएर होमस्टे राम्रो सँग सञ्चालन हुने छ ।’ होमस्टे सञ्चालनका लागि सिकाई केन्द्र मार्फत गौमुखी कृषि तथा पर्यटन उद्यमी समूह गठन गरिएको छ ।

भवनमा शौचालय सहितको रुममा ४ जना, साधारण रुममा ६ जना र खुल्ला रुममा १५ जना गरी एक पटकमा २५ जना बस्न सक्ने गौमुखी २ का वडा अध्यक्ष डोरबहादुर रानाले बताए । उद्यमी समूहले पाहुनाको मागका आधारमा सत्कार गरी स्थानीय उत्पादनका परिकार खुवाउन सकिने रानाले बताए ।  स्थानीय उत्पादनको प्रवर्द्धन, कला संस्कृतिको बजारीकरण र महिलाहरूलाई उद्यमी बनाउन होमस्टे महत्त्वपूर्ण हुने गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीले बताए । ‘गौमुखी आउने पाहुनालाई स्थानीय रहनसहन, संस्कृति अनुसार सत्कारका लागि होमस्टे महत्त्वपूर्ण छ’ गिरीले भने, ‘होमस्टेको प्रवर्द्धन र विस्तारका लागि गाउँपालिका प्रतिबद्ध छ ।’ होमस्टे सञ्चालनमा आएपछि गौमुखी पुग्ने पर्यटकलाई सहज हुने भएको छ । जिल्लामा स्वर्गद्वारी आउने पर्यटकलाई लक्षित गरी यस अघि स्वर्गद्वारी नगरपालिका २ को धनवाङ र ऐरावती गाउँपालिका  १ को सिर्सेनी पनि  होमस्टे सञ्चालनमा छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...