News Portal

रेडियो सुन्नुहोस्

के तपाईलाई छिटो–छिटो पिसाब लाग्छ ? होसियार यस्ता छन् १० कारण

सिखबर संवाददाता
२०७२ पटक

धेरै जसोलाई छिटो–छिटो पिसाब लाग्ने गर्छ, जसको कारण उनिहरुलाई थाहा हुँदैन । साधारणतया बढी पानी, चिया–कफि पिउनाले धेरै पिसाब लाग्ने हुन्छ, तर केही व्यक्तिहरुमा यो एउटा गम्भिर समस्या हुनसक्छ ।

जान्नुहोस् के–के कारण हुन सक्छन् ?

१. सानो ब्ल्याडर – शरीरमा पिसाब जम्मा गर्ने ब्ल्याडरको आकार सानो भएमा छिटो– छिटो पिसाब आउने हुन्छ ।

२. धेरै पानी पिउनु – धेरै पानी पिउँनाले ब्ल्याडर जाँडै भरिने र चाँडो पिसाब लाग्ने हुन्छ ।

३. पत्थरिया – किड्नीमा पत्थरियाको कारण ब्ल्याडरमा दबाद पर्छ र चाँडै पिसाब गरु लाग्छ । यस्तो समस्या हुँदा केही दुखाई पनि महशुस हुन्छ ।
४. बढ्दो उमेर – उमेरको साथसाथै ब्ल्याडरको नसाहरु पनि कमजोर हुँदै जान्छ र धेरै जसो ब्ल्याडर भरिएको महशुस हुन्छ, जसका कारण पिसाब गर्न मन लाग्छ ।

५. मधुमेह – सुगरको मात्रा बढेमा शरीरले क्लूकोजलाई पिसाबको माध्यमबाट बाहिर फाल्ने प्रयास गर्छ । यसले पटक–पटक पिसाब लागिरहेने हुन्छ ।

६. औषधि – कुनै–कुनै औषधिले शरीरमा पिसाब बढी उत्पादन गर्छ । यसले गर्दा पनि छिटो – छिटो पिसाब गर्ने इच्छा लाग्छ ।

७. चिया, कफि – चिया र कफिमा पाइने कफिनले छिटो – छिटो पिसाब लाग्ने समस्या उत्पन्न गराउँछ ।

८. मद्यपान – नशालु पेय पदार्थ अथवा अल्कोहलिक पदार्थ पिउनाले पनि पटक – पटक पिसाब लाग्ने हुन्छ ।

१०. प्रोस्टेट ग्रन्थि – प्रोस्टे ग्रन्थि बढ्ने हुँदा पनि छिटो – छिटो पिसाब लाग्ने समस्या हुन्छ ।

प्रतिकृया दिनुहोस्

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...

प्यूठानमा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन

प्यूठान जिल्लामा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन गरिएको छ । जिल्लाका सबै बैंक...

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुकमा

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुक गाउँपालिका मच्छिमा सञ्चालन भएको छ ।...