News Portal

रेडियो सुन्नुहोस्

विष्णु माझीका बुवाले रूदै भने छोरीलाई नदेखेको ११ वर्ष भयो

सिखबर संवाददातापाैष १५ काठमाडौँ
२४६१ पटक
पाैष १५ काठमाडौँ

एउटा पुरानो बस्ती कालीगण्डकी नदी किनारमा । बस्तीभित्र पुरानै घरहरू। तीमध्ये दुःखैदुःखको कथा लेखिएको एउटा छुट्टै घर, जहाँ कोही पुग्दैनथे।

बोटे समुदायको उक्त बस्तीमा सञ्चारकर्मीको एउटा टोली पुग्यो। घरको पिँढीमा लौरीको सहारा लिएर काठको बेन्चमाथि भेटिए, एक व्यक्ति। थोत्रो मैलोसेतो सर्ट र नीलो जिन्सपाइन्ट लगाएका।

एकोहोरो बरबराइरहने। बाटोमा जसलाई देखे पनि ‘कता हिँड्नुभो ?’ सोधिहाल्ने। उत्तर आए भन्थे, ‘आउनुस् न एकछिन बसौं। राष्ट्रिय कलाकार विष्णु माझीको घर आउनुभएको छ, बसौं न।’ उनले सञ्चारकर्मी टोलीलाई पनि त्यसै गरे। बस्न बेन्च छाडे। अनि गुन्गुनाए–
ताराबोटे बाटैमा लोटे,
खस्यो टोपी टिपिदेऊ चाउकोटे….

यो चापाकोटस्थित ब्राह्मण बस्तीलाई गीतबाट उनको व्यंग्य थियो। गहभरि आँसु बनाउँदै उनले फेरि अर्को भाका हाले–

विष्णु छोरी काठमाडौं गाको,
छोरी सम्झी बसेर म रोको….

उमेरले ५८ पुगेका चापाकोट–८ खोरियाघाटका ताराबहादुर चर्चित गायिका विष्णु माझीका पिता हुन्। काठमाडौं गएकी छोरीसित ११ वर्षदेखि उनको देखभेट भएको छैन। उनै छोरीको सम्झना गर्दै एक्लै बरबराउन थालेका छन्।

विष्णु छोरी काठमाडौं हुनाले,
कहिलै पनि छाडेन रुनालाई….

उनी छोरीको सम्झनामा गाइरहन्छन्। उमेरले पाको भए पनि सुरिलो स्वर भएका ताराबहादुर आजभोलि घरायसी काममा त्यति ध्यान दिँदैनन्। दुई छोरी र एक छोराका पिता ताराबहादुरकी विष्णु जेठी छोरी हुन्। पहिलो सन्तान छोरा बाबुराम गाउँमै मिस्त्री छन्। कान्छी छोरी जीवन पनि गायन क्षेत्रमै छिन्। कक्षा ९ मा पढ्दा पढ्दै विष्णुले घर छाडेकी हुन्। उनी राष्ट्रिय कलाकार बनिन्।

गायन क्षेत्रमै राम्रो आम्दानी गर्नेमध्ये उनको नाम लिइन्छ। उनले स्वर दिएका हरेक गीतले जनजिब्रो मात्रै होइन, ‘युट्युबमा समेत ठूलो भ्युअर’ पाएको छ। प्रतिगीत ५० हजारभन्दा माथि पारिश्रमिक लिन्छिन् रे उनी। तर घरको अवस्था दयनीय छ। आमा मेलापात गर्छिन्रु। दाइभाउजू ज्यामी काम।

बाल्यकालदेखि सोझी देखिने विष्णु अहिलेसम्म शिर ठड्याएर बोल्न डराउने बाबु ताराबहादुर बताउँछन्। ‘एघार वर्षअघि छोरीले आफैं बिहे गरेकी हो,’ उनले भने, ‘पोखराका कलाकार सुन्दरमणि अधिकारीसँग बिहे भयो भन्ने सुनेका थियौं। आफ्नो जातभन्दा माथिल्लोसँग बिहे गरी। बिहेपछि एकदिन केही समय माइत आएकी थिई। घर नजिकैको मन्दिरमा पूजा गरेर काठमाडौं फर्किहाली।’ उनले गहमा आँसु टल्पलाए।

बिहेपछि सुन्दरमणिले माइत पठाउन नमानेको आरोप माइतीपक्षको छ। उनलाई माइतीले टीको दिन पाएका छैनन्। ‘भेट्न मात्र होइन, फोनमै भए पनि बोली सुन्ने मन छ,’ बाबुले रुँदै भने, ‘छोरीले हातमा मोबाइलसमेत लिन पाएकी छैन रे। घरबाट बाहिर निस्किन पाउ“दिन रे। छोरी पनि कति निर्दयी भएकी, माइत आउनै नखोज्ने।’ उनले आफू काठमाडौं जान नसक्ने र छोरी माइती नआउँदा भेट्न नपाएको बताए। ज्वाइँ सुन्दरमणिले आउन नदिएको उनले बताए ।

सालको पात टपरी हुनी हे बरै, नहुने सल्लैको….
तिम्रो माया कति छ कति हे बरै, नलाऊ पछि हल्लैको….

विष्णुले गाएको पछिल्लो यो गीतले मुलुकभर चर्चा कमाएको छ। ‘युट्युबमा अहिलेसम्मकै धेरैले हेरेका छन्, बालबालिकादेखि युवा र वृद्धवृद्धासम्मले मन पराएका छन्’, जिल्लाकै अग्रज कलाकार रमेश बीजीले भने, ‘सुन्दरमणिले बिहे गरेको हो या होइन,थाहा छैन। उनले विष्णुलाई काठमाडौंको कुन ठाउँमा राखेको छ भन्नेसम्म जानकारी पाउन सकिएको छैन ।’

विष्णुको दैनिकी कसरीबितेको छ, माइतीघरमा कसैलाई थाहा छैन ? । केही वर्षअघि छोरी भेट्न आमा धर्मकुमारी काठमाडौं पुगेकी थिइन्। सुन्दरमणिले नै गायन क्षेत्रमा प्रवेश गराएको धर्मकुमारीले सुनाइन्।   साभार : कान्तिपुर दैनिक

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...