News Portal

रेडियो सुन्नुहोस्

रेडक्रस सोसाइटी धरमपानी उपशाखाको साधारण सभा सम्पन्न

झुलेनी नेटवर्क२०८१ पौष २८
६१६ पटक
२०८१ पौष २८

नेपाल रेडक्रस सोसाइटी धरमपानी उपशाखाको २१ औ साधारण सभा मल्लरानी ३ धरमपानीमा सम्पन्न भएको छ ।

आइतबार सम्पन्न साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं वडाध्यक्ष नोमराज पौडेलले रेडक्रसले सेवा भाव र सामाजिक क्षेत्रमा महत्त्वपूर्ण काम गर्दै आएको बताए । उपशाखाका सभापति मोती पौडेलको अध्यक्षतामा भएको  कार्यक्रममा बोल्दै विशेष अतिथि एवं नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानका मन्त्री दामोदर शर्माले उपशाखालाई व्यवस्थित रूपमा सञ्चालन गरी सामाजिक कार्यमा क्रियाशील रहन आग्रह गरेका छन् ।

साधारण सभाको अवसरमा वडाध्यक्ष पौडेलले आफ्ना बुवा–आमाको नाममा स्थापना गरेको केशवराज–बेलाकुमारी अक्षयकोषबाट आएको ब्याजले ४ जना विपन्न विद्यार्थी हरूलाई शैक्षिक सामाग्री वितरण गरेका छन् ।

वडाध्यक्ष निर्वाचित भएपछि पौडेलले पहिलो महिनाको पारिश्रमिकबाट आफ्ना बुबा आमाको  नाममा अक्षयकोष स्थापना गरेका थिए । सोही रकमको ब्याजबाट विद्यार्थीहरूलाई सामाग्री वितरण गरेको उपशाखाका सचिव गोविन्द अधिकारीले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...