News Portal

रेडियो सुन्नुहोस्

रेडक्रस सोसाइटी धरमपानी उपशाखाको साधारण सभा सम्पन्न

झुलेनी नेटवर्क२०८१ पौष २८
४६४ पटक
२०८१ पौष २८

नेपाल रेडक्रस सोसाइटी धरमपानी उपशाखाको २१ औ साधारण सभा मल्लरानी ३ धरमपानीमा सम्पन्न भएको छ ।

आइतबार सम्पन्न साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं वडाध्यक्ष नोमराज पौडेलले रेडक्रसले सेवा भाव र सामाजिक क्षेत्रमा महत्त्वपूर्ण काम गर्दै आएको बताए । उपशाखाका सभापति मोती पौडेलको अध्यक्षतामा भएको  कार्यक्रममा बोल्दै विशेष अतिथि एवं नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानका मन्त्री दामोदर शर्माले उपशाखालाई व्यवस्थित रूपमा सञ्चालन गरी सामाजिक कार्यमा क्रियाशील रहन आग्रह गरेका छन् ।

साधारण सभाको अवसरमा वडाध्यक्ष पौडेलले आफ्ना बुवा–आमाको नाममा स्थापना गरेको केशवराज–बेलाकुमारी अक्षयकोषबाट आएको ब्याजले ४ जना विपन्न विद्यार्थी हरूलाई शैक्षिक सामाग्री वितरण गरेका छन् ।

वडाध्यक्ष निर्वाचित भएपछि पौडेलले पहिलो महिनाको पारिश्रमिकबाट आफ्ना बुबा आमाको  नाममा अक्षयकोष स्थापना गरेका थिए । सोही रकमको ब्याजबाट विद्यार्थीहरूलाई सामाग्री वितरण गरेको उपशाखाका सचिव गोविन्द अधिकारीले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...