News Portal

रेडियो सुन्नुहोस्

चुँजाठाटीमा गरियो लागुऔषध बिरुद्ध सचेतना कार्यक्रम

झुलेनी नेटवर्क२०८१ माघ १०
६८९ पटक
२०८१ माघ १०

लागुऔषध बिरुद्धको सचेतना कार्यक्रम मल्लरानी गाउँपालिकाको चुजाँठाटीमा सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालय प्युठान र जिल्ला प्रहरी कार्यालय प्युठानको संयुक्त आयोजनामा मल्लरानी गाउँपालिकाको- २ चुजाँठाटीमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख जिल्ला अधिकारी रमा आचार्य (सुवेदी) को अध्यक्षता तथा मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्युठान जिल्लामा लागु औषधको प्रयोग र अवस्थाका बिषयमा जानकारी गराईएको थियो ।
कार्यक्रममा प्रहरी नायब उपरिक्षक दिपेश बस्यालले प्युठान जिल्लामा लागुऔषध र यससंग सम्बन्धित विविध अपराधको अवस्था र सुरक्षा चुनौतिको बारेमा सहजीकरण गरेका थिए ।

कार्यक्रममा स्थानीय राजनैतिक दलका प्रतिनिधीहरु, स्थानीय बासी तथा आमासमुहहरुको उपस्थिति रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...