News Portal

रेडियो सुन्नुहोस्

चुँजाठाटीमा गरियो लागुऔषध बिरुद्ध सचेतना कार्यक्रम

झुलेनी नेटवर्क२०८१ माघ १०
५२१ पटक
२०८१ माघ १०

लागुऔषध बिरुद्धको सचेतना कार्यक्रम मल्लरानी गाउँपालिकाको चुजाँठाटीमा सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालय प्युठान र जिल्ला प्रहरी कार्यालय प्युठानको संयुक्त आयोजनामा मल्लरानी गाउँपालिकाको- २ चुजाँठाटीमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख जिल्ला अधिकारी रमा आचार्य (सुवेदी) को अध्यक्षता तथा मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्युठान जिल्लामा लागु औषधको प्रयोग र अवस्थाका बिषयमा जानकारी गराईएको थियो ।
कार्यक्रममा प्रहरी नायब उपरिक्षक दिपेश बस्यालले प्युठान जिल्लामा लागुऔषध र यससंग सम्बन्धित विविध अपराधको अवस्था र सुरक्षा चुनौतिको बारेमा सहजीकरण गरेका थिए ।

कार्यक्रममा स्थानीय राजनैतिक दलका प्रतिनिधीहरु, स्थानीय बासी तथा आमासमुहहरुको उपस्थिति रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...