News Portal

रेडियो सुन्नुहोस्

पशुपतिनगरमा जुनियर भलिबल प्रतियोगिता सुरु

झुलेनी नेटवर्क२०८१ माघ १६
१७६ पटक
२०८१ माघ १६

पशुपतिनगर टोल विकास संस्थाको आयोजनामा जुनियर पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । बुधवार र बिहीबार चल्ने खेलका लागि १२ टिम सहभागी रहेको आयोजकले जनाएको छ ।

टोल विकास संस्थाका अध्यक्ष मुक्ति प्रसाद शर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्यूठान नगरपालिका नगरप्रमुख विष्णु बहादुर योगी प्रमुख अतिथि रहेका थिए । 

कार्यक्रममा प्यूठान नगरपालिकाका प्रवक्ता तथा ३ नं. वडा अध्यक्ष सुमन राज श्रेष्ठ , वडा नं. २ का अध्यक्ष मोहन सिंह विष्ट, अन्य जनप्रतिनिधि, कर्मचारी, खेलाडी र स्थानीयको उपस्थिति रहेको थियो ।

बुधवारको खेलमा ५ टिम बाहिरिएका छन् । बाँकी खेल बिहीबार हुने आयोजकले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शिक्षकको आन्दोलनले सरकारी विद्यालय सुनसान, निजीमा धमाधम भर्ना

शिक्षकहरूको आन्दोलनका कारण सरकारी विद्यालयको गतिविधि ठप्प हुँदा निजी विद्यालयले भने धमाधम भर्ना अभियान सञ्चालन...

२०८२ वर्ष बुढो नयाँ वर्षको शुभकामना !

आज नयाँ वर्ष । यस वर्षको नयाँ दिन । यसको रौनकले जताततै छपक्कै छाएको छ...

आफैले पेट्रोल खन्याएर आगो लगाउँदा ८० वर्षीय वृद्धको मृत्यु

बागलुङमा ८० वर्षीय एक वृद्धले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका छन् । बागलुङको ताराखोला...

हर्षोल्लास साथ नयाँ वर्ष मनाइँदै

आजदेखि विक्रम संवत् २०८२ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन...

नेकपा (एकीकृत समाजवादी) प्यूठानको दशौँ अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः बुढा

नेकपा (एकीकृत समाजवादी) प्यूठानको दशौँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले भोज विक्रम बुढालाई पुन: अध्यक्षमा...