News Portal

रेडियो सुन्नुहोस्

बुढ्यौली उमेरको अवैध सम्बन्ध लुकाउन वृद्धको बीभत्स हत्या

झुलेनी नेटवर्क२०८१ माघ २०
४५५ पटक
२०८१ माघ २०

बुढ्यौली उमेरको अवैध शारीरिक सम्बन्ध लुकाउन प्यूठानमा एक जोडिले वृद्धको बीभत्स हत्या गरेको छ । नाताले दिदिसासु–ज्वाँई पर्ने गौमुखी गाउँपालिका वडा नं. ५ बस्ने ५१ वर्षीय लोक बहादुर गिरी र ५० वर्षीय जेदु कुमारी न्यौपानेले ६९ वर्षीय चिन्तामणि न्यौपानेको हत्या गरेका हुन् ।

खुङको उपल्लो फुर्सेधारामा शुक्रवार बिहान टाउको, अनुहार, नाक र मुखमा गहिरो चोट र रगताम्मे अवस्थामा फेला परेको शवको अनुसन्धान गर्ने क्रममा प्रहरीले अवैध सम्बन्ध लुकाउन हत्या गरेको निष्कर्ष निकालेको छ ।  

हत्या आरोपित दुवै जना एकै ठाउँ सुतेका बेला करिब १ वर्षअघि उपाध्यायले चुकुल लगाएर थुनेका थिए । त्यही रिसईविको बदला लिने उनीहरूको उद्देश्य पछि हत्याको योजनामा बदलिएको प्रहरी निष्कर्ष छ । दुवै आरोपितबिचको अवैध सम्बन्ध थाहा पाएका उपाध्यायको न्यौपानेसँग फोन सम्पर्क भएको कल डिटेलबाट पत्ता लागेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक केशव केसीले बताए । सोही कल डिटेलकै आधारमा प्रहरी अनुसन्धानको नजिक पुगेको हो ।

श्रोतका अनुसार मृतक उपाध्याय र आरोपित महिलाबिच पहिले सम्बन्ध थियो । उपाध्यायले रंगेहात पक्रेर चुकुल लगाएदेखि उनीहरूबिचको सम्बन्ध चिसिएको थियो । सम्बन्ध बिग्रेपछि महिलाले प्रेमीसँग मिलेर उनको हत्या योजना बनाएकी हुन । उपाध्यायलाई न्यौपानेले नै भेट्न राति फुर्सेधारामा बोलाएकी थिइन् ।

उनीहरूबिचको त्रिकोणात्मक सम्बन्ध, मदिरा सेवन र पुरानो रिसईविको कारण हत्या भएको प्रहरी निष्कर्ष छ । उनिहरुविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डिएसपी दिपेश बस्यालले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...