News Portal

रेडियो सुन्नुहोस्

बुढ्यौली उमेरको अवैध सम्बन्ध लुकाउन वृद्धको बीभत्स हत्या

झुलेनी नेटवर्क२०८१ माघ २०
६९५ पटक
२०८१ माघ २०

बुढ्यौली उमेरको अवैध शारीरिक सम्बन्ध लुकाउन प्यूठानमा एक जोडिले वृद्धको बीभत्स हत्या गरेको छ । नाताले दिदिसासु–ज्वाँई पर्ने गौमुखी गाउँपालिका वडा नं. ५ बस्ने ५१ वर्षीय लोक बहादुर गिरी र ५० वर्षीय जेदु कुमारी न्यौपानेले ६९ वर्षीय चिन्तामणि न्यौपानेको हत्या गरेका हुन् ।

खुङको उपल्लो फुर्सेधारामा शुक्रवार बिहान टाउको, अनुहार, नाक र मुखमा गहिरो चोट र रगताम्मे अवस्थामा फेला परेको शवको अनुसन्धान गर्ने क्रममा प्रहरीले अवैध सम्बन्ध लुकाउन हत्या गरेको निष्कर्ष निकालेको छ ।  

हत्या आरोपित दुवै जना एकै ठाउँ सुतेका बेला करिब १ वर्षअघि उपाध्यायले चुकुल लगाएर थुनेका थिए । त्यही रिसईविको बदला लिने उनीहरूको उद्देश्य पछि हत्याको योजनामा बदलिएको प्रहरी निष्कर्ष छ । दुवै आरोपितबिचको अवैध सम्बन्ध थाहा पाएका उपाध्यायको न्यौपानेसँग फोन सम्पर्क भएको कल डिटेलबाट पत्ता लागेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक केशव केसीले बताए । सोही कल डिटेलकै आधारमा प्रहरी अनुसन्धानको नजिक पुगेको हो ।

श्रोतका अनुसार मृतक उपाध्याय र आरोपित महिलाबिच पहिले सम्बन्ध थियो । उपाध्यायले रंगेहात पक्रेर चुकुल लगाएदेखि उनीहरूबिचको सम्बन्ध चिसिएको थियो । सम्बन्ध बिग्रेपछि महिलाले प्रेमीसँग मिलेर उनको हत्या योजना बनाएकी हुन । उपाध्यायलाई न्यौपानेले नै भेट्न राति फुर्सेधारामा बोलाएकी थिइन् ।

उनीहरूबिचको त्रिकोणात्मक सम्बन्ध, मदिरा सेवन र पुरानो रिसईविको कारण हत्या भएको प्रहरी निष्कर्ष छ । उनिहरुविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डिएसपी दिपेश बस्यालले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...