News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्वारीमा ७ सय ४० जनाले आँखा जाँच गराए

झुलेनी नेटवर्क२०८१ माघ ३०
७५९ पटक
२०८१ माघ ३०

स्वर्गद्वारी नगरपालिकामा सञ्चालित आँखा जाँच शिविरमा ७ सय ४० जनाले आँखा जाँच गराएका छन् । ५० वर्ष माथिको उमेरका आँखाको अपरेसन गर्नुपर्ने नागरिकको पहिचानका लागि नगरपालिकाले ६ स्थानमा शिविरको आयोजना गरेको थियो ।

बिहीबारदेखि सञ्चालित शिविरमा १ सय जनाको अपरेसन गर्नुपर्ने पहिचान गरिएको स्वर्गद्वारी नगरपालिकाका प्रवक्ता सुरज सङ्गम सुनारले बताए । नगरपालिकाले बिरामीको पहिचान, अपरेसनका लागि तिलगंगा सर्किजल आँखा केन्द्र राप्ति दाङ पुग्न यातायात खर्च, अपरेसन शुल्क सबै ब्यहोर्ने गरी कार्यक्रम तय गरिएको स्वर्गद्वारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल रिजालले बताए ।

स्वर्गद्वारी नगरपालिकाले तिलगंगा सर्किजल आँखा केन्द्र राप्ति दाङको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरेको हो । बिहीबार वडा नं.  १ कोचिवाङ, शुक्रवार वडा नं. २ खाल, शनिवार वडा नं. ५ सारी, आइतबार वडा नं. ९ गोठिवाङ, सोमबार वडा नं. ६ बेलवास र मङ्गलवार वडा नं. ४ भिंग्रीमा स्कृनिङ शिविरको आयोजना गरेको हो ।

स्वर्गद्वारी नगरपालिकाका नगरप्रमुख टेकप्रसाद भण्डारीले नगरवासीको आवश्यकतालाई ध्यानमा राखेर यो कार्यक्रम तय गरिएको बताए । उपचार अभावमा नागरिकको दृष्टि शक्ति नहराओस् भनेर यो कार्यक्रम राखिएको उनको भनाई छ । उपचार गरेर देख्न सक्ने धेरै नागरिकले आर्थिक अभावमा अन्धकारमा बसिरहेकाले यो कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाका उपप्रमुख मिनराज राना मगरले बताएका छन्।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...