News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्वारीमा ७ सय ४० जनाले आँखा जाँच गराए

झुलेनी नेटवर्क२०८१ माघ ३०
९४३ पटक
२०८१ माघ ३०

स्वर्गद्वारी नगरपालिकामा सञ्चालित आँखा जाँच शिविरमा ७ सय ४० जनाले आँखा जाँच गराएका छन् । ५० वर्ष माथिको उमेरका आँखाको अपरेसन गर्नुपर्ने नागरिकको पहिचानका लागि नगरपालिकाले ६ स्थानमा शिविरको आयोजना गरेको थियो ।

बिहीबारदेखि सञ्चालित शिविरमा १ सय जनाको अपरेसन गर्नुपर्ने पहिचान गरिएको स्वर्गद्वारी नगरपालिकाका प्रवक्ता सुरज सङ्गम सुनारले बताए । नगरपालिकाले बिरामीको पहिचान, अपरेसनका लागि तिलगंगा सर्किजल आँखा केन्द्र राप्ति दाङ पुग्न यातायात खर्च, अपरेसन शुल्क सबै ब्यहोर्ने गरी कार्यक्रम तय गरिएको स्वर्गद्वारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल रिजालले बताए ।

स्वर्गद्वारी नगरपालिकाले तिलगंगा सर्किजल आँखा केन्द्र राप्ति दाङको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरेको हो । बिहीबार वडा नं.  १ कोचिवाङ, शुक्रवार वडा नं. २ खाल, शनिवार वडा नं. ५ सारी, आइतबार वडा नं. ९ गोठिवाङ, सोमबार वडा नं. ६ बेलवास र मङ्गलवार वडा नं. ४ भिंग्रीमा स्कृनिङ शिविरको आयोजना गरेको हो ।

स्वर्गद्वारी नगरपालिकाका नगरप्रमुख टेकप्रसाद भण्डारीले नगरवासीको आवश्यकतालाई ध्यानमा राखेर यो कार्यक्रम तय गरिएको बताए । उपचार अभावमा नागरिकको दृष्टि शक्ति नहराओस् भनेर यो कार्यक्रम राखिएको उनको भनाई छ । उपचार गरेर देख्न सक्ने धेरै नागरिकले आर्थिक अभावमा अन्धकारमा बसिरहेकाले यो कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाका उपप्रमुख मिनराज राना मगरले बताएका छन्।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...