News Portal

रेडियो सुन्नुहोस्

घरेलुद्वारा महिलालाई एडभान्स लेबलको व्यूटिसियन तालिम

झुलेनी नेटवर्क२०८१ माघ ३०
५८३ पटक
२०८१ माघ ३०

‘उद्यमशील संस्कृती राष्ट्रको समृद्धि’ भन्ने नाराका साथ घरेलु तथा साना उद्योग कार्यालय प्यूठानले ३० दिने एडभान्स लेबलको. व्यूटिसियन तालिम सञ्चालन गरेको छ ।

आ.व. वर्ष २०८०/०८१ को स्वीकृत कार्यक्रमबाट आधारभूत तालिम लिएका १५ जना महिलालाई एडभान्स तालिम दिइएको हो । तालिम पश्चात् व्यवसायमा इच्छुक महिलाका लागि सिप वृद्धिका एडभान्स व्यूटिसियन तालिम दिइएको घरेलु तथा साना उद्योग कार्यालय प्यूठानका प्रमुख मनि गुरुङले जानकारी दिए । तालिम सम्पन्न भएपछि सिकेका कुरालाई व्यवसायीक रूपमा जोड्दै व्यवसाय सञ्चालन  गर्ने तालिमका सहभागीले बताएका छन् ।

३  लाख ५० हजारको बजेटमा गत ११ गतेदेखि सञ्चालन गरिएको तालिम ३० दिन  सञ्चालन हुनेछ । तालिममा सहभागीहरूलाई हाल ड्यामेज भएको कपाल जोगाउने , कपाल स्टेट , कपाल हाइलाइट , कपालको केमिकल लगायत तालिम दिईने प्रशिक्षक विन्जु श्रेष्ठले जानकारी दिइन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...