News Portal

रेडियो सुन्नुहोस्

झिमरुक ओखरकोटको टावर सञ्चालनमा, सांसद थापाद्वारा उद्घाटन

झुलेनी नेटवर्क२०८१ फागुन १
५८३ पटक
२०८१ फागुन १

प्यूठानको झिमरुक गाउँपालिका वडा नं. ५ ओखरकोटमा निर्मित नेपाल टेलिकमको टावर सञ्चालनमा आएको छ। बिहिबार प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापा क्षेत्रीले टावरको उद्घाटन गरेका हुन्।

२०७७ सालदेखि निर्माण सुरु भएपनि सञ्चालनमा आउन नसकेको उक्त टावर १८ सय मेगाहर्जमा चल्ने गरी सञ्चालनमा आएको छ। कार्यक्रममा प्रदेश सभा सदस्य निमा गिरी, नेपाल टेलिकम तुलसिपुर शाखा प्रमुख सन्तोष शर्मा, विजुवार शाखा प्रमुख निराजन श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो।

टावर उद्घाटन संगै सांसद थापाले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वि सुब्बा गुरुङ्गसंग टेलिफोन संवाद गरेका थिए। संवादमा मन्त्री गुरुङ्गलाई तिखाचुली, चुँजा, दाङवाङ्ग, डाम्री र स्वर्गद्वारीमा विगतमा संरचना बनेर पनि सञ्चालनमा नआएका टावर सञ्चालनमा ल्याउनेबारे ध्यानाकर्षण गराएका थिए।

सांसद थापाले केही दिनअघि सरुमारानीको सौराकोटको टावर उद्घाटन गरेका थिए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

चट्याङबाट घाईते राना खतरामुक्त, मृतक बिटालुको शव पोष्टमार्टमका लागि विजुवार ल्याईदै

शनिबार राती चट्याङ् लागेर घाईते भएका गौमुखी गाउँपालिका २ का प्रेम सुनारको उपचार भईरहेको छ...

निजी विद्यालय सञ्चालकहरूद्वारा सदरमुकाममा कोणसभा सम्पन्न

निजी विद्यालय सञ्चालकहरूले खलङ्गामा कोणसभा सम्पन्न गरेका छन् । निर्माणाधीन शिक्षा ऐनमा राखिएको प्रावधानको विरोध...

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया वाल मन्दिरमा सम्पन्न

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम वाल मन्दिरमा सम्पन्न भएको छ । भानु सामुदायिक...

आलोचना भएपछि ३५ दिने सूचनाको म्याद सकिनै लाग्दा छलफल

विना पूर्व तयारी सडक वरपरका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको प्यूठान नगरपालिकाले बेलुवा–बाग्दुला...

युवा संघको कार्यक्रममा २० जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका...