News Portal

रेडियो सुन्नुहोस्

झिमरुक ओखरकोटको टावर सञ्चालनमा, सांसद थापाद्वारा उद्घाटन

झुलेनी नेटवर्क२०८१ फागुन १
१८९९ पटक
२०८१ फागुन १

प्यूठानको झिमरुक गाउँपालिका वडा नं. ५ ओखरकोटमा निर्मित नेपाल टेलिकमको टावर सञ्चालनमा आएको छ। बिहिबार प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापा क्षेत्रीले टावरको उद्घाटन गरेका हुन्।

२०७७ सालदेखि निर्माण सुरु भएपनि सञ्चालनमा आउन नसकेको उक्त टावर १८ सय मेगाहर्जमा चल्ने गरी सञ्चालनमा आएको छ। कार्यक्रममा प्रदेश सभा सदस्य निमा गिरी, नेपाल टेलिकम तुलसिपुर शाखा प्रमुख सन्तोष शर्मा, विजुवार शाखा प्रमुख निराजन श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो।

टावर उद्घाटन संगै सांसद थापाले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वि सुब्बा गुरुङ्गसंग टेलिफोन संवाद गरेका थिए। संवादमा मन्त्री गुरुङ्गलाई तिखाचुली, चुँजा, दाङवाङ्ग, डाम्री र स्वर्गद्वारीमा विगतमा संरचना बनेर पनि सञ्चालनमा नआएका टावर सञ्चालनमा ल्याउनेबारे ध्यानाकर्षण गराएका थिए।

सांसद थापाले केही दिनअघि सरुमारानीको सौराकोटको टावर उद्घाटन गरेका थिए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...