News Portal

रेडियो सुन्नुहोस्

माण्डवी गाउँपालिकाको आयोजनामा ‘जनयुद्ध र जनआन्दोलन’ विषयक अन्तरक्रिया सम्पन्न

झुलेनी नेटवर्क२०८१ फागुन १
९७० पटक
२०८१ फागुन १

माण्डवी गाउँपालिकाको आयोजनामा ‘जनयुद्ध र जनआन्दोलन’ विषयक अन्तरक्रिया कार्यक्रम बिहीबार सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष नमराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री जोख बहादुर महरा रहेका थिए ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै महराले ‘जनयुद्धको जगमा जनआन्दोलन भएको र त्यसको परिणाम स्वरूप संविधानसभा, गणतन्त्र र सङ्घीय व्यवस्था आएको’ दाबी गरे । अहिलेको परिवर्तन माओवादी आन्दोलनको परिणाम भएको उनको जिकिर छ । 

कार्यक्रममा संविधान सभा सदस्य नारायण प्रसाद अधिकारीले तत्कालीन राज्यले गरेको दमनकै कारण जनता युद्धमा लागेको बताए । माण्डवी गाउँपालिका ४ नं वडा अध्यक्ष डिल बहादुर घर्तीले स्वागत मन्तव्य राखेको कार्यक्रममा माओवादी नेताहरू, जनप्रतिनिधि तथा पूर्व जनप्रतिनिधि, कर्मचारी र स्थानीयको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन गाउँपालिकाका प्रशासन शाखा प्रमुख बलराम पौडेलले गर्नु भएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...