News Portal

रेडियो सुन्नुहोस्

सूचनाको हकको कार्यन्वयन तजविजी होईन कानुनबमोजिम हुनुपर्छ: सांसद थापा

झुलेनी नेटवर्क२०८१ फागुन २३
५७१ पटक
२०८१ फागुन २३

प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापा क्षेत्रीले सूचनाको हक सम्बन्धि अधिकार सूचना अधिकारीको तजविजीले प्रदान गर्ने अधिकार नभएको बताएका छन्।

शुक्रबार खलङ्गामा राष्ट्रिय सूचना आयोगको आयोजनामा भएको सूचनाको हक सम्बन्धि जिल्लास्तरिय अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सांसद थापाले सूचनाको हकको कार्यन्वयन सूचना अधिकारीको तजविजमा नभई कानुन बमोजिम गरिनु अनिवार्य रहेको बताए।

फरक प्रसङ्गमा सांसद थापाले पैसा दिएर आफ्नाविरुद्घ गलत प्रचार गर्ने पात्र पठाईएको बताए। बाग्दुला-मरन्ठाना सडकखण्डमा आफ्नो पहलमा १ करोड छुट्याएर काम भईरहेको विषयलाई हेक्का नराखि गलत प्रचार गरिएको थापाको भनाई छ। गलत प्रचार गरेर अफवाह फैलाउनेलाई नियन्त्रणमा लिएर कारवाहि गरिनुपर्ने बताए। अरुको नुनको सोझो गर्न आएको व्यक्तिले विषयको पुष्टि-पनर्पुष्टी गर्नुपर्ने न्युनतम दायित्व पूरा नगरेको बताए।

प्रमुख जिल्ला अधिकारी रमा आचार्यले सूचना अधिकारी र निजामती कर्मचारीलाई सूचनाको हक सम्बन्धि तालिम आवस्यक रहेको बताईन। भएका डाटाहरु बाझिने र एकरुपता नहुने समस्या रहेको उनको भनाई छ।

कार्यक्रममा सरकारी कार्यालयका प्रमुखहरु, सूचना अधिकारी, सञ्चारकर्मी र सरोकारवालाको उपस्थिती रहेको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...