News Portal

रेडियो सुन्नुहोस्

सूचनाको हकको कार्यन्वयन तजविजी होईन कानुनबमोजिम हुनुपर्छ: सांसद थापा

झुलेनी नेटवर्क२०८१ फागुन २३
४१३ पटक
२०८१ फागुन २३

प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापा क्षेत्रीले सूचनाको हक सम्बन्धि अधिकार सूचना अधिकारीको तजविजीले प्रदान गर्ने अधिकार नभएको बताएका छन्।

शुक्रबार खलङ्गामा राष्ट्रिय सूचना आयोगको आयोजनामा भएको सूचनाको हक सम्बन्धि जिल्लास्तरिय अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सांसद थापाले सूचनाको हकको कार्यन्वयन सूचना अधिकारीको तजविजमा नभई कानुन बमोजिम गरिनु अनिवार्य रहेको बताए।

फरक प्रसङ्गमा सांसद थापाले पैसा दिएर आफ्नाविरुद्घ गलत प्रचार गर्ने पात्र पठाईएको बताए। बाग्दुला-मरन्ठाना सडकखण्डमा आफ्नो पहलमा १ करोड छुट्याएर काम भईरहेको विषयलाई हेक्का नराखि गलत प्रचार गरिएको थापाको भनाई छ। गलत प्रचार गरेर अफवाह फैलाउनेलाई नियन्त्रणमा लिएर कारवाहि गरिनुपर्ने बताए। अरुको नुनको सोझो गर्न आएको व्यक्तिले विषयको पुष्टि-पनर्पुष्टी गर्नुपर्ने न्युनतम दायित्व पूरा नगरेको बताए।

प्रमुख जिल्ला अधिकारी रमा आचार्यले सूचना अधिकारी र निजामती कर्मचारीलाई सूचनाको हक सम्बन्धि तालिम आवस्यक रहेको बताईन। भएका डाटाहरु बाझिने र एकरुपता नहुने समस्या रहेको उनको भनाई छ।

कार्यक्रममा सरकारी कार्यालयका प्रमुखहरु, सूचना अधिकारी, सञ्चारकर्मी र सरोकारवालाको उपस्थिती रहेको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...