News Portal

रेडियो सुन्नुहोस्

सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी अन्तरक्रिया सम्पन्न 

झुलेनी नेटवर्क२०८२ जेठ १
५७२ पटक
२०८२ जेठ १

सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी पत्रकारहरूसँग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम जिल्ला समन्वय समितिको कार्यालय खलङ्गामा सम्पन्न भएको छ । मल्लरानी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा वैदेशिक रोजगारीको अवस्था, जोखिमका क्षेत्र र अपनाउनुपर्ने सावधानी बारे छलफल भएको थियो ।

सुरक्षित आप्रवासन(सामी परियोजना) अन्तरगत आयोजित कार्यक्रमको सहजीकरण परियोजना प्रमुख विष्णु अर्यालले गरेका थिए । वैदेशिक रोजगारीमा जानु पूर्व सिक्नुपर्ने सिप,लिनुपर्ने जानकारी, अपनाउनुपर्ने सावधानी र सामाजिक सुरक्षा, बिमा, श्रमस्विकृती लगायतका बारेमा जानकारी नहुँदा वैदेशिक रोजगारीको क्रममा धेरै नेपाली ठगिएको अर्यालले बताए ।

मल्लरानी गाउँपालिकाले वैदेशिक रोजगारीमा जाने नागरिकको सहजताका लागि जिल्ला प्रशासन कार्यालय परिसरमा आप्रवासी श्रोत केन्द्र सञ्चालन गरेको गाउँपालिका अध्यक्ष कृष्ण खड्काले जानकारी दिए । मल्लरानी गाउँपालिका अन्तरगत सञ्चालित भए पनि उक्त केन्द्रबाट जिल्लाभरका सम्भावित कामदारले परामर्श लिने गरेका छन् । अहिलेसम्म १ हजार ४ सय ९६ जनाले श्रोत केन्द्रबाट परामर्श लिएका छन् । श्रोत केन्द्र जिल्ला प्रशासन कार्यालयमा रहेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...