News Portal

रेडियो सुन्नुहोस्

सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी अन्तरक्रिया सम्पन्न 

झुलेनी नेटवर्क२०८२ जेठ १
१२१६ पटक
२०८२ जेठ १

सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी पत्रकारहरूसँग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम जिल्ला समन्वय समितिको कार्यालय खलङ्गामा सम्पन्न भएको छ । मल्लरानी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा वैदेशिक रोजगारीको अवस्था, जोखिमका क्षेत्र र अपनाउनुपर्ने सावधानी बारे छलफल भएको थियो ।

सुरक्षित आप्रवासन(सामी परियोजना) अन्तरगत आयोजित कार्यक्रमको सहजीकरण परियोजना प्रमुख विष्णु अर्यालले गरेका थिए । वैदेशिक रोजगारीमा जानु पूर्व सिक्नुपर्ने सिप,लिनुपर्ने जानकारी, अपनाउनुपर्ने सावधानी र सामाजिक सुरक्षा, बिमा, श्रमस्विकृती लगायतका बारेमा जानकारी नहुँदा वैदेशिक रोजगारीको क्रममा धेरै नेपाली ठगिएको अर्यालले बताए ।

मल्लरानी गाउँपालिकाले वैदेशिक रोजगारीमा जाने नागरिकको सहजताका लागि जिल्ला प्रशासन कार्यालय परिसरमा आप्रवासी श्रोत केन्द्र सञ्चालन गरेको गाउँपालिका अध्यक्ष कृष्ण खड्काले जानकारी दिए । मल्लरानी गाउँपालिका अन्तरगत सञ्चालित भए पनि उक्त केन्द्रबाट जिल्लाभरका सम्भावित कामदारले परामर्श लिने गरेका छन् । अहिलेसम्म १ हजार ४ सय ९६ जनाले श्रोत केन्द्रबाट परामर्श लिएका छन् । श्रोत केन्द्र जिल्ला प्रशासन कार्यालयमा रहेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...