News Portal

रेडियो सुन्नुहोस्

पाहुनाहरूको मन जित्दै ‘रुमाले होमस्टे’

बोम बहादुर परियार२०८२ जेठ २१
२०५३ पटक
२०८२ जेठ २१

पर्यटकीय तीर्थस्थल स्वर्गद्वारी पुग्ने सडक अन्तर्गत रुमालेको होमस्टेले पाहुनाको मन जित्दै छ । जिल्ला भित्र मात्र नभएर जिल्ला बाहिरबाट आएका पाहुनाहरूले हिजोआज होमस्टे भरिभराउन हुन थालेको छ ।

स्थापना भएको  ४ महिनामै होमस्टेले पाहुनाको मन जित्दै छन् । एक पटक बास बसेपछि पुनः होमस्टेमा बास बस्न आउनेहरू बढ्दै गएको स्थानीय बताउँछन् । पारिवारिक वातावरणमा रमाउन  रुमाले बस्न जाने बढेका छन् । स्वर्गद्वारी मन्दिर दर्शन गर्न आएका पर्यटकहरू रुमालेको होमस्टेमा बास बसेर बिहानै स्वर्गद्वारी मन्दिर पुग्छन् । स्वर्गद्वारी लालीगुराँस महिला सामुदायिक होमस्टेको नामबाट होमस्टे सञ्चालनमा ल्याइएको छ ।  स्वर्गद्वारी मन्दिर नजिकै  २५ वटा घरमा होमस्टे बनाएको छ । स्वर्गद्वारी नगरपालिका ३ रुमाले, डाडाखर्क र थाम गाउँका जनजाति महिलाहरू मिलेर होमस्टे सञ्चालनमा ल्याएका हुन् ।

स्वर्गद्वारी मन्दिर देखी भिंग्री तर्फ २ किलोमिटरको दुरीमा रहेको उक्त गाउँमा आज भोली नयाँ-नयाँ  पहुनाहरु  देखिन्छन् । जसले गर्दा गाउँको रौनक बदलिएको छ । पाहुना आएपछि स्थानीय महिलाहरू मगर पोसाकमा सजिएर सेतो अक्षता, फूल माला र मादल बाँसुरीको तालमा स्वागत गर्छन् । स्थानीयले बास बस्न आएका पाहुनालाई गाउँको अर्ग्यानिक मकैको आटो, कोदोको ढिँडो ,सिस्नो ,गोलभेँडाको अचार ,गुन्द्रुक, लोकल कुखुरा र बोकाको मासु ,खुवाउने व्यवस्थामा मिलाइने स्थानीय चित्र बहादुर रोकाले बताए । पाहुनालाई स्थानीय लोक भाका मार्फत मनोरञ्जन गराउने रोकाले बताए । घरायसी काममा सधैँ व्यस्त हुने गाउँका महिलाहरू हिजोआज आम्दानी गर्न थालेको होमस्टे सञ्चालन समिति सचिव विना रोकाले बताइन ।  घर घरमा पानीको धारा, पक्की चर्पी रहेको गाउँमा पाहुना राख्ने कोठाहरू स्थानीयले सजाएर राखेका छन् । माघ महिना देखी सञ्चालन गरेको होमस्टेमा पोखरा, बुटवल, दाङ , रोल्पा लगायत जिल्लाबाट पर्यटक आएर बास बस्ने गरेको स्थानीय बताउँछन् ।

होमस्टेबाट रोजगारी अवसर सिर्जना भएपछि  विदेशबाट फर्केर समेत होमस्टे सञ्चालन गर्न थालेका छन् । गाउँमा उत्पादन भएको कृषि उपजले मूल्य पाएको छ । यसले स्थानीयको आम्दानीको  श्रोत बढेको छ । होमस्टेमा ७० जना बास बस्न सक्ने क्षमता छ ।  ७ लाख ५० हजार सङ्घीय सरकारको सशर्त कार्यक्रम अन्तर्गतको बजेट मार्फत भौतिक संरचना निर्माण गरेर होमस्टे स्थापना गरिएको वडाध्यक्ष कृष्ण बहादुर रोकायले बताए । रुमालेको होमस्टेमा गाउँले परिवेशमा बास बस्न सकिने गरी सञ्चालनमा रहेको प्यूठान जुम्रीका व्यवसायी मोहन बुढाले बताए । होमस्टेमा बास बस्न पुगेका  दाङका शङ्कर अधिकारीले पुराना पारिवारिक संस्कार र संस्कृति झल्कने, परिवेशमा होमस्टे रहेको बताए ।  उनले होमस्टेमा खान बस्न पनि सस्तो  रहेको बताए ।  जिल्लामा ऐरावतिको १ सिर्सेनी, स्वर्गद्वारी नगरपालिका ३ रुमाले, २ धन वाङ र गौमुखी गाउँपालिका २ को किनाम अर्खामा होमस्टे सञ्चालनमा छन् ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...