News Portal

रेडियो सुन्नुहोस्

एकिकृत कृषि कार्यालयद्वारा चालु वर्षका योजनाहरुको अनुगमन

झुलेनी नेटवर्क२०८२ असार २६
४८९ पटक
२०८२ असार २६

एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय प्यूठानले चालु आर्थिक वर्षमा सञ्चालित विभिन्न योजनाको अनुगमन गरेको छ ।

जिल्ला समन्वय प्रमुख, प्रमुख जिल्ला अधिकारी, पत्रकार सहितको टोलिले बुधबार योजनाहरुको अनुगमन गरेको हो ।

प्यूठान नगरपालिका वडा नं. ९ कोल्छापमा लक्षित समुदाय विशेष आयआर्जन कार्यक्रम, प्यूठान नगरपालिका वडा नं. ७ मा निर्माण गरिएको ईसान एग्रो फर्मको सिचाई कुलो र माण्डवी गाउँपालिका वडा नं. ५ मा सञ्चालित पार्थुङ्गा बाख्रा फर्मको अनुगमन गरिएको कार्यालय प्रमुख विनोद शर्माले बताए ।

कोल्छपमा लक्षीत समुदाय विशेष आयआर्जन कार्यक्रम अन्तरगत १० लाख बजेटबाट कुखुरापालन सम्वन्धी तालिम , खोर निर्माण , दाना, औषधी तथा सामाग्री सहित उन्नत जातको कुखुरा खरिद गरिएको छ । ईसान एग्रो फर्ममा १ लाख २० हजार कार्यालयको लागतमा ८० मिटर कुलो निर्माण भएको छ । भने, पार्थुगां बाख्रा फर्मले कार्यालयको १ लाख लागतमा नस्ल सुधार अन्तरगत बोयरबोका खरिद, तारजालीको काम गरिएको छ । योजनाहरुमा कृषकको पनि लागत सहभागिता रहेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...