News Portal

रेडियो सुन्नुहोस्

एकिकृत कृषि कार्यालयद्वारा चालु वर्षका योजनाहरुको अनुगमन

झुलेनी नेटवर्क२०८२ असार २६
२६६ पटक
२०८२ असार २६

एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय प्यूठानले चालु आर्थिक वर्षमा सञ्चालित विभिन्न योजनाको अनुगमन गरेको छ ।

जिल्ला समन्वय प्रमुख, प्रमुख जिल्ला अधिकारी, पत्रकार सहितको टोलिले बुधबार योजनाहरुको अनुगमन गरेको हो ।

प्यूठान नगरपालिका वडा नं. ९ कोल्छापमा लक्षित समुदाय विशेष आयआर्जन कार्यक्रम, प्यूठान नगरपालिका वडा नं. ७ मा निर्माण गरिएको ईसान एग्रो फर्मको सिचाई कुलो र माण्डवी गाउँपालिका वडा नं. ५ मा सञ्चालित पार्थुङ्गा बाख्रा फर्मको अनुगमन गरिएको कार्यालय प्रमुख विनोद शर्माले बताए ।

कोल्छपमा लक्षीत समुदाय विशेष आयआर्जन कार्यक्रम अन्तरगत १० लाख बजेटबाट कुखुरापालन सम्वन्धी तालिम , खोर निर्माण , दाना, औषधी तथा सामाग्री सहित उन्नत जातको कुखुरा खरिद गरिएको छ । ईसान एग्रो फर्ममा १ लाख २० हजार कार्यालयको लागतमा ८० मिटर कुलो निर्माण भएको छ । भने, पार्थुगां बाख्रा फर्मले कार्यालयको १ लाख लागतमा नस्ल सुधार अन्तरगत बोयरबोका खरिद, तारजालीको काम गरिएको छ । योजनाहरुमा कृषकको पनि लागत सहभागिता रहेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...