News Portal

रेडियो सुन्नुहोस्

अनुपम अभियानको हस्ताक्षर कार्यक्रम प्यूठानमा

झुलेनी नेटवर्क२०८२ साउन १३
४७६ पटक
२०८२ साउन १३

अन्तर पुस्ता महिलावादी मंच (टेवा)को अनुपम अभियान अन्तरगत हस्ताक्षेर संकलन कार्यक्रम प्यूठानमा सम्पन्न भएको छ । राजनीतिक खवरदारीलाइ लक्षित गरि थालिएको अभियान मंगलवार जुम्रीमा सम्पन्न भएको हो ।

प्यूठान जिल्लाका विभिन्न संघसस्था, नागरिक समाज , महिला अधिकारकर्मी , पत्रकार, अभियान्ता संगको अन्तरक्रिया कार्यक्रममा टेवा कार्यक्रमकी संस्थापक ७४ वर्षिया रिता थापाले पछाडि पारीएका समुदाय र महिलाको आवाज वुलन्द गर्दै उनिहरुलाइ राष्ट्रको हरेक तहमा निर्णायक भुमिकामा पुर्याउने उदेश्यले यो वर्षलाई हस्ताक्षर अभियान अन्तरगत लिईएको बताइन ।

वैसाख महिनादेखी सुरु गरिएको अनुपम कार्यक्रमको हस्ताक्षर अभियान हालसम्म ४४ वटा जिल्लामा सम्पन्न भएको र संकलित हस्ताक्षर दलहरुको कार्यालयहरुमा लगेर वुझाइने उनले बताईन ।

कार्यक्रममा प्यूठान नगरपालिकाका पूर्व मेयर अर्जून कुमार कक्षपतिले नीति निर्माण गर्ने ठाउमा सक्षम र क्षमतावान महिलालाइ पठाउन अवस्यक रहेको बताए । जनप्रतिनिधि निर्मला पोख्रेलले नीति–नियम नफेरिदासम्म महिला अधिकारको विषय पछी परिरहने बताइन । राज्यले सुनिस्चित गरेको विषय स्थानीय तहहरुले कार्यान्वयन नगर्दा महिला अधिकारमा समस्या आएको बक्ताहरुले वताए ।

कार्यक्रममा गैर सरकारी संस्था महासंघ प्यूठानका अध्यक्ष विजय श्रेष्ठ, गुमानराज पुलामी , लगायत सरोकारवालाले मन्तव्य राखेका थिए । प्यूठान नगरपालिका ४ जुम्रीमा भएको कार्यक्रमको सञ्चालन पार्वता अचार्यले गरेकी थिइन । कार्यक्रममा २८ जनाले हस्ताक्षेर गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...