News Portal

रेडियो सुन्नुहोस्

अनुपम अभियानको हस्ताक्षर कार्यक्रम प्यूठानमा

झुलेनी नेटवर्क२०८२ साउन १३
६०४ पटक
२०८२ साउन १३

अन्तर पुस्ता महिलावादी मंच (टेवा)को अनुपम अभियान अन्तरगत हस्ताक्षेर संकलन कार्यक्रम प्यूठानमा सम्पन्न भएको छ । राजनीतिक खवरदारीलाइ लक्षित गरि थालिएको अभियान मंगलवार जुम्रीमा सम्पन्न भएको हो ।

प्यूठान जिल्लाका विभिन्न संघसस्था, नागरिक समाज , महिला अधिकारकर्मी , पत्रकार, अभियान्ता संगको अन्तरक्रिया कार्यक्रममा टेवा कार्यक्रमकी संस्थापक ७४ वर्षिया रिता थापाले पछाडि पारीएका समुदाय र महिलाको आवाज वुलन्द गर्दै उनिहरुलाइ राष्ट्रको हरेक तहमा निर्णायक भुमिकामा पुर्याउने उदेश्यले यो वर्षलाई हस्ताक्षर अभियान अन्तरगत लिईएको बताइन ।

वैसाख महिनादेखी सुरु गरिएको अनुपम कार्यक्रमको हस्ताक्षर अभियान हालसम्म ४४ वटा जिल्लामा सम्पन्न भएको र संकलित हस्ताक्षर दलहरुको कार्यालयहरुमा लगेर वुझाइने उनले बताईन ।

कार्यक्रममा प्यूठान नगरपालिकाका पूर्व मेयर अर्जून कुमार कक्षपतिले नीति निर्माण गर्ने ठाउमा सक्षम र क्षमतावान महिलालाइ पठाउन अवस्यक रहेको बताए । जनप्रतिनिधि निर्मला पोख्रेलले नीति–नियम नफेरिदासम्म महिला अधिकारको विषय पछी परिरहने बताइन । राज्यले सुनिस्चित गरेको विषय स्थानीय तहहरुले कार्यान्वयन नगर्दा महिला अधिकारमा समस्या आएको बक्ताहरुले वताए ।

कार्यक्रममा गैर सरकारी संस्था महासंघ प्यूठानका अध्यक्ष विजय श्रेष्ठ, गुमानराज पुलामी , लगायत सरोकारवालाले मन्तव्य राखेका थिए । प्यूठान नगरपालिका ४ जुम्रीमा भएको कार्यक्रमको सञ्चालन पार्वता अचार्यले गरेकी थिइन । कार्यक्रममा २८ जनाले हस्ताक्षेर गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...