News Portal

रेडियो सुन्नुहोस्

प्यूठान महोत्सव २०७५ मुल आयोजक समिति गठन

बोम बहादुर परियार
२६०० पटक

प्युठान महोत्सव २०७५ को आज मुल आयोजक समिती गठन गरिएको छ । जुम्री बसपार्क समितीका अध्यक्ष सुमनराज श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले सुमनराज श्रेष्ठकै संयोजकत्वमा १ सय ५१ मेला मुल आयोजक समिती गठन गरिएको हो ।

साथै आजकै बैठकमा विभिन्न ७ वटा उपसमिति पनि गठन गरिएको छ । प्रचार प्रसार उपसमिती ,आर्थिक समिती, स्वयंसेवक तथा सुरक्षा उपसमिती ,खानेपानी बिद्धुत तथा प्राबिधिक उपसमिती ,सास्कृतिक मञ्च ब्याबस्थापन उपसमिती ,सुचना तथा सन्चार उपसमिती ,प्रयोजक तथा बिज्ञापन उपसमिती लगाएतका उपसमिती गठन गरिएको हो ।

कृषि पर्यटन उर्जा , कला सस्कृती उध्योग र व्यापार ,समुन्नत प्युठान आर्थिक बिकासको मुल आधार भन्ने मुल नारा बनाइ यहि फागुन ३ गते देखि १३ गतेसम्म मध्य पश्चिमान्चल कृषि पर्यटन उर्जा तथा औधोगिक व्यापार मेला २०७५ आयोजना गर्न लागिएको मेलाका संयोजक सुमनराज श्रेष्ठले बताउनु भयो । साथै उहाले भन्नुभयो स्थानीय कला सस्कृती तथा उत्पादनलाई प्राथमिकतामा राख्दै १० दिने मेला संचाल गर्न लागिएको बताउनु भयो ।

साथै महोत्सब का माध्यमद्वारा प्युठान जुम्री बसपार्कको महत्व औचित्य तथा चिनारिको पुष्टि गर्ने ,महोत्सव द्वारा सन्कलित रकमले सामाजिक कार्य तथा बसपार्कको मर्मत सम्हार र जिल्लाका पर्यटकिय स्थलहरुको प्रचार प्रसार गर्ने लगाएतका उदेश्यहरुलाइ प्राथमिकतामा राख्दै महोत्सव अगाडि बढाउने श्रेष्ठले बताउनु भयो।

साथै बसपार्क समितिका सचिब मुकुन्दराज रोकाले महोत्सव भब्य र सानदार रुपबाट सम्पन्न गराउने कुरामा सबै प्युठानिको साथ आबस्यक रहने बताउनुभएको छ । त्यस्तै महोत्सबमा स्थानिय उत्पादन पर्दर्शन गर्न ल्याउने जिल्लाका कृषकलाई निसुल्क ब्याबस्था मिलाउने उहाले बताउनु भयो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...