News Portal

रेडियो सुन्नुहोस्

चुँजा युवा क्लवले मनायो पहिलो वार्षिक उत्सव

झुलेनी नेटवर्क २०८२ भदौ १ गते
४८३ पटक
२०८२ भदौ १ गते

चुँजा युवा क्लवले पहिलो वार्षिक उत्सव मनाएको छ ।

२०८१ मा मल्लरानी २ चुँजाका युवाहरुले स्थापना गरेको क्लवले शनिवार पहिलो स्थापना दिवस मनाएको हो । दिवसका अवसरमा क्लबले खुल्ला तीज गीत, नृत्य प्रतियोगिता आयोजना गरेको थियो ।

प्रतियोगितामा १० टिमले भाग लिएका थिए । सक्रिय महिला समुह चुँजा, भानुभक्त माध्यमिक विद्यालय बर्वोट, दिदी बहिनी आमा समुह कुडारा क्रमस पहिलो दोस्रो र तेस्रो भएका छन । चन्द्रमुखी आमा समुह पानीगैरा सान्तोना भएको छ ।

प्रतियोगि टिमलाइ क्रमश ६ हजार ,४ हजार पाँच सय, ३ हजार र दुई हजार पुरस्कार प्रदान गरिएको क्लबले जनाएको छ । कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने १ सय बढी युवालाइ सम्मान पत्रले साम्मान गरिएको थियो ।
कार्यक्रममा क्लबका सल्लाहकार देविराम केसीले समाज रुपान्तर र सामाजिक विकृतीको अन्त्य गर्ने उदेश्यले क्लव स्थापना गरिएको बताए । उनले गाउँमा खानेपानीको समस्यालाइ समाधान गर्न क्लवले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

क्लवका उपाध्यक्ष रुकमणी नेपालीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिति मल्लरानी गाउँपालिकाका उपाध्यक्ष रमेशकुमार श्रेष्ठ रहेका थिए । कार्यक्रमको संचालन सचिव पदम पौडेलले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

तीजको रौनकता, हराउँदै मौलिकता

नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको...

झिमरुकका विभिन्न वस्तिमा अध्यक्ष एमसिको गुनासो सुन्ने अभियान

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसि गुनासो सुन्ने अभियान लिएर बस्ति स्तरमा पुगेका छन् ।...

वाईसिएल प्यूठानद्वारा दम्ति–बाहाने सडक मर्मत

माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग(वाईसिएल) प्यूठानले प्यूठान नगरपालिका ८ दम्ति देखि नौवहिनी गाउँपालिका ६...

भानुभक्त माविको स्वर्ण महोत्सवको लोगो अनावरण

भानुभक्त माध्यमिक विद्यालय बर्वोटले स्वर्ण महोत्सवको लोगो अनावरण गरेको छ । आउदो मंसिर २९ गतेदेखी...

प्यूठानको शिक्षा, सुगमका विद्यालयको नतिजा कमजोर

दरबन्दी र भौतिक पूर्वाधारमा बलिया रहेका विद्यालयको नतिजा कमजोर देखिएको छ । जिल्लाका सुगम मानिएका...