News Portal

रेडियो सुन्नुहोस्

चुँजा युवा क्लवले मनायो पहिलो वार्षिक उत्सव

झुलेनी नेटवर्क २०८२ भदौ १ गते
१२६३ पटक
२०८२ भदौ १ गते

चुँजा युवा क्लवले पहिलो वार्षिक उत्सव मनाएको छ ।

२०८१ मा मल्लरानी २ चुँजाका युवाहरुले स्थापना गरेको क्लवले शनिवार पहिलो स्थापना दिवस मनाएको हो । दिवसका अवसरमा क्लबले खुल्ला तीज गीत, नृत्य प्रतियोगिता आयोजना गरेको थियो ।

प्रतियोगितामा १० टिमले भाग लिएका थिए । सक्रिय महिला समुह चुँजा, भानुभक्त माध्यमिक विद्यालय बर्वोट, दिदी बहिनी आमा समुह कुडारा क्रमस पहिलो दोस्रो र तेस्रो भएका छन । चन्द्रमुखी आमा समुह पानीगैरा सान्तोना भएको छ ।

प्रतियोगि टिमलाइ क्रमश ६ हजार ,४ हजार पाँच सय, ३ हजार र दुई हजार पुरस्कार प्रदान गरिएको क्लबले जनाएको छ । कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने १ सय बढी युवालाइ सम्मान पत्रले साम्मान गरिएको थियो ।
कार्यक्रममा क्लबका सल्लाहकार देविराम केसीले समाज रुपान्तर र सामाजिक विकृतीको अन्त्य गर्ने उदेश्यले क्लव स्थापना गरिएको बताए । उनले गाउँमा खानेपानीको समस्यालाइ समाधान गर्न क्लवले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

क्लवका उपाध्यक्ष रुकमणी नेपालीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिति मल्लरानी गाउँपालिकाका उपाध्यक्ष रमेशकुमार श्रेष्ठ रहेका थिए । कार्यक्रमको संचालन सचिव पदम पौडेलले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...