News Portal

रेडियो सुन्नुहोस्

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

झुलेनी नेटवर्क२०८२ असोज १३
९८२ पटक
२०८२ असोज १३

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको छ । बृहत् बडा दसैँ मेला तथा श्री तिखाचुली कप २०८२ अन्तरगत असोज १७ गतेदेखि खुला भलिबल तथा विविध खेलकुद प्रतियोगिता हुन लागेको हो ।

तीन छुट्टाछुट्टै विधामा हुन लागेको प्रतियोगिता मध्य खुला पुरुष भलिबल प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ५० हजार रुपैयाँ रहेको आयोजक संस्था तिखाचुली युवा क्लबले जनाएको छ । उक्त प्रतियोगिताको दोस्रो पुरस्कार १ लाख र तेस्रो पुरस्कार ७५ हजार रहेको क्लबका अध्यक्ष माधव कुमार कार्कीले बताए ।

त्यस्तै खुला महिला भलिबलतर्फ प्रथम ३२ हजार, द्धितिय २२ हजार र तृतीय १२ हजार पुरस्कार रहेको कार्कीले बताए । भने खुला लोक नृत्यतर्फ प्रथम पुरस्कार ८ हजार, द्धितिय पुरस्कार ६ हजार र तृतीय पुरस्कार तीन हजार रहेको छ ।

विभिन्न विधाका उत्कृष्ट खेलाडीले पाउने पुरस्कार सहित कुल ४ लाख २२ हजार रकम पुरस्कार रहेको प्रतियोगिताको मुख्य प्रायोजक गौमुखी गाउँपालिका रहेको छ । भने प्रायोजक गौमुखी गाउँपालिका वडा नं. ३ को कार्यालय रहेको आयोजकले जनाएको छ ।

जिल्लामै हालसम्मको ठुलो राशिको यो प्रतियोगिताले खेल क्षेत्रको विकासका लागि महत्त्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको अध्यक्ष कार्कीको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...