News Portal

रेडियो सुन्नुहोस्

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

झुलेनी नेटवर्क२०८२ असोज १३
१२९२ पटक
२०८२ असोज १३

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको छ । बृहत् बडा दसैँ मेला तथा श्री तिखाचुली कप २०८२ अन्तरगत असोज १७ गतेदेखि खुला भलिबल तथा विविध खेलकुद प्रतियोगिता हुन लागेको हो ।

तीन छुट्टाछुट्टै विधामा हुन लागेको प्रतियोगिता मध्य खुला पुरुष भलिबल प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ५० हजार रुपैयाँ रहेको आयोजक संस्था तिखाचुली युवा क्लबले जनाएको छ । उक्त प्रतियोगिताको दोस्रो पुरस्कार १ लाख र तेस्रो पुरस्कार ७५ हजार रहेको क्लबका अध्यक्ष माधव कुमार कार्कीले बताए ।

त्यस्तै खुला महिला भलिबलतर्फ प्रथम ३२ हजार, द्धितिय २२ हजार र तृतीय १२ हजार पुरस्कार रहेको कार्कीले बताए । भने खुला लोक नृत्यतर्फ प्रथम पुरस्कार ८ हजार, द्धितिय पुरस्कार ६ हजार र तृतीय पुरस्कार तीन हजार रहेको छ ।

विभिन्न विधाका उत्कृष्ट खेलाडीले पाउने पुरस्कार सहित कुल ४ लाख २२ हजार रकम पुरस्कार रहेको प्रतियोगिताको मुख्य प्रायोजक गौमुखी गाउँपालिका रहेको छ । भने प्रायोजक गौमुखी गाउँपालिका वडा नं. ३ को कार्यालय रहेको आयोजकले जनाएको छ ।

जिल्लामै हालसम्मको ठुलो राशिको यो प्रतियोगिताले खेल क्षेत्रको विकासका लागि महत्त्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको अध्यक्ष कार्कीको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...