News Portal

रेडियो सुन्नुहोस्

गौमुखि गाउँपालीकामा ६ सय २९ खरको छना विस्थापित

जायश्वर जैसी २३ माघ, ठुलाबेसी प्युठान
१५६९ पटक
२३ माघ, ठुलाबेसी प्युठान

गौमुखी गाउँपालिकामा खरको छाना विस्थापन गर्ने कार्यले तीब्रता पाएको छ ।

गौमुखी गाँउपालीकाका ६ सय उनन्तीस घर धुरीले आफ्नो खरको छाना हटाएर गाउँपालीकाले निसुल्क उपलव्ध गराएको मारून रङ भएको ०.०४ एम एम को जस्ता पाताले घर छाएका छन्।

पालिकाको वडा नं १ अर्खामा ८६, वडा नं २ अर्खामै ९०, वडा नं ३ रजवारामा २ सय , वडा नं ४ पुजामा १ सय ४२ , वडा नं ५ खुङमा ४०, वडा नं ६ लिवाङमा ३१ र वडा नं ७ नारीकोटमा ४० घरधुरीले जस्तापाताले घर छाइसकेको गाउँपालिकाकी सूचना अधिकारी लक्ष्मी न्यौपानेले जानकारी दिएकी छिन् ।

गत कार्तिक २७ गते हुलास स्टिल र गौमुखी गाउँपालिका बीच रङ्गीन जस्तापाता आपूर्ति सम्बन्धी समझदारी भएपछि जस्ताले घर छाउने अभियानको सुरूवात भएको थियो । गौमुखी गाउँपालिकाका प्रत्येक बस्तीहरूमा घर बनाउने कार्य धमाधम चलेको छ ।

घर छाउनको लागि तयार भैसकेपछि मात्रै वडा कार्यालयहरूबाट सम्बन्धित घर धनीलाई जस्ता पाता वितरण गरिएको पालिकाले जानकारी दिएको छ । खरको छना विस्थापित कार्यक्रमको प्रभाव मूल्याङ्कनको लागि मदन कुमार आचार्यको संयोजकत्वमा एक प्रभाव मूल्याङ्कन समिति समेत निर्माण गरी यस कार्यक्रमको प्रभावकारीताको मापन पनि पालिकाले गरिरहेको छ ।

गौमुखी गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ को बजेटबाट ५ करोड २८ लाख ४४ हजार ८८ रूपैयाँको लागतमा गाउँपालिकाका सातओटै वडाभित्र रहेका गरिब तथा विपन्न परिवारका १ हजार ६ सय तेत्तीस घरमा जस्ता(टिन)को छाना लगाउने योजना रहेको गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीले जानकारी दिएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...