News Portal

रेडियो सुन्नुहोस्

गौमुखि गाउँपालीकामा ६ सय २९ खरको छना विस्थापित

जायश्वर जैसी २३ माघ, ठुलाबेसी प्युठान
१७३३ पटक
२३ माघ, ठुलाबेसी प्युठान

गौमुखी गाउँपालिकामा खरको छाना विस्थापन गर्ने कार्यले तीब्रता पाएको छ ।

गौमुखी गाँउपालीकाका ६ सय उनन्तीस घर धुरीले आफ्नो खरको छाना हटाएर गाउँपालीकाले निसुल्क उपलव्ध गराएको मारून रङ भएको ०.०४ एम एम को जस्ता पाताले घर छाएका छन्।

पालिकाको वडा नं १ अर्खामा ८६, वडा नं २ अर्खामै ९०, वडा नं ३ रजवारामा २ सय , वडा नं ४ पुजामा १ सय ४२ , वडा नं ५ खुङमा ४०, वडा नं ६ लिवाङमा ३१ र वडा नं ७ नारीकोटमा ४० घरधुरीले जस्तापाताले घर छाइसकेको गाउँपालिकाकी सूचना अधिकारी लक्ष्मी न्यौपानेले जानकारी दिएकी छिन् ।

गत कार्तिक २७ गते हुलास स्टिल र गौमुखी गाउँपालिका बीच रङ्गीन जस्तापाता आपूर्ति सम्बन्धी समझदारी भएपछि जस्ताले घर छाउने अभियानको सुरूवात भएको थियो । गौमुखी गाउँपालिकाका प्रत्येक बस्तीहरूमा घर बनाउने कार्य धमाधम चलेको छ ।

घर छाउनको लागि तयार भैसकेपछि मात्रै वडा कार्यालयहरूबाट सम्बन्धित घर धनीलाई जस्ता पाता वितरण गरिएको पालिकाले जानकारी दिएको छ । खरको छना विस्थापित कार्यक्रमको प्रभाव मूल्याङ्कनको लागि मदन कुमार आचार्यको संयोजकत्वमा एक प्रभाव मूल्याङ्कन समिति समेत निर्माण गरी यस कार्यक्रमको प्रभावकारीताको मापन पनि पालिकाले गरिरहेको छ ।

गौमुखी गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ को बजेटबाट ५ करोड २८ लाख ४४ हजार ८८ रूपैयाँको लागतमा गाउँपालिकाका सातओटै वडाभित्र रहेका गरिब तथा विपन्न परिवारका १ हजार ६ सय तेत्तीस घरमा जस्ता(टिन)को छाना लगाउने योजना रहेको गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीले जानकारी दिएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...