झुलेनी नेटवर्क २०८३ श्रावण ०८ गते



२०८३ श्रावण ०८ गते जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ । स्वास्थ्य कार्यालय प्यूठानले जिल्लाका ९ वटै स्थानीय तहका विभिन्न १ सय ७७ वटा आयोजनाको नमुना परीक्षण गर्दा ७१ वटा आयोजनाको पानी अशुद्ध (इकोलाई) भेटिएको जनाएको छ ।
कार्यालय प्रमुख नरेशबाबु श्रेष्ठले कार्यालयले नमुना परीक्षण गरेर नतिजा सम्बन्धित पालिका, उपभोक्ता समितिमा पठाएको बताए । ती समस्या देखिएका योजनाहरुमा पानी शुद्धीकरणको प्रक्रिया अपनाउन सम्बन्धित पालिकामार्फत उपभोक्ता समितिलाई लगाएको कार्यालयले जनाएको छ ।
स्थानीय तह र उपभोक्ता समितिहरुले भने अझै खानेपानी शुद्धीकरणको प्रक्रिया अघि बढाएका छैनन् । यसमा स्थानीय तहले चासो नदिएको उपभोक्ताले गुनासो गरेका छन् । स्वास्थ्य कार्यालयले गत भदौ देखि असारसम्म पानीको नमुना परीक्षण गरेको थियो। खानेपानी सुरक्षा योजना र खानेपानी गुणस्तर निगरानी तथा संक्रामक रोग निगरानीसम्वन्धी अभिमुखिकरण कार्यक्रम गरेर
कार्यलयले यसबारे जार्वजनिक गरेको थियो। कार्यालयका आुसार विश्वमा पानीजन्य रोगका कारण वर्षेनी ८ लाख २९ हजार मानिसको ज्यान जाने गरेको तथ्यांक छ । नेपालमा वर्षेनी ३ हजार ५ सय बालबालिकाको मृत्यु हुने गरेको छ । प्यूठानको गौमुखी गाउपालिकामा दुई वर्ष पहीले हैजाको संक्रमण देखिएको थियो ।
जिल्ला अस्पताल प्यूठानका निमित्त मेडिकल सुपरिटेण्डेन्ट सुवास पौडेलले पानीजन्य रोगबाट बच्न सुरक्षित पानी पिउन सचेतनामूलक कार्यक्रमको आवश्यक रहेको बताए । पानी उमालेर, फिल्टरको प्रयोग गरेर र अन्य विधि अपनाएर पानी सुरक्षीत बनाउन सकिउने उनले बताए ।
जिल्लाका सबै ९ वटै स्थानीय तहका ७१ खानेपानी योजनाहरुमा खानेपानी अशुद्ध देखिएकाले स्थानीय तह र उपभोक्ताले गम्भिररुपमा लिएर पानी शुद्धीकरणमा लाग्नुपर्ने स्वास्थ्य कार्यालय प्यूठानका तथ्याङ्क फोकल पर्सन कौशलराज वैद्यले बताए ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।















