News Portal

रेडियो सुन्नुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

झुलेनी नेटवर्क २०८३ श्रावण ०८  गते
२९७ पटक
२०८३ श्रावण ०८  गते
   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ । स्वास्थ्य कार्यालय प्यूठानले जिल्लाका ९ वटै स्थानीय तहका विभिन्न १ सय ७७ वटा आयोजनाको नमुना परीक्षण गर्दा ७१ वटा आयोजनाको पानी अशुद्ध (इकोलाई) भेटिएको जनाएको छ ।
 कार्यालय प्रमुख नरेशबाबु श्रेष्ठले कार्यालयले नमुना परीक्षण गरेर नतिजा सम्बन्धित पालिका, उपभोक्ता समितिमा पठाएको बताए । ती समस्या देखिएका योजनाहरुमा पानी शुद्धीकरणको प्रक्रिया अपनाउन सम्बन्धित पालिकामार्फत उपभोक्ता समितिलाई  लगाएको कार्यालयले जनाएको छ ।
      स्थानीय तह र उपभोक्ता समितिहरुले भने अझै खानेपानी शुद्धीकरणको प्रक्रिया अघि बढाएका छैनन् । यसमा स्थानीय तहले चासो नदिएको उपभोक्ताले गुनासो गरेका छन् ।  स्वास्थ्य कार्यालयले गत भदौ देखि असारसम्म पानीको नमुना परीक्षण गरेको थियो। खानेपानी सुरक्षा योजना र खानेपानी गुणस्तर निगरानी तथा संक्रामक रोग निगरानीसम्वन्धी अभिमुखिकरण कार्यक्रम गरेर
कार्यलयले यसबारे जार्वजनिक गरेको थियो।  कार्यालयका आुसार विश्वमा पानीजन्य रोगका कारण वर्षेनी ८ लाख २९ हजार मानिसको ज्यान जाने गरेको तथ्यांक  छ । नेपालमा वर्षेनी ३ हजार  ५ सय बालबालिकाको मृत्यु हुने गरेको छ । प्यूठानको गौमुखी गाउपालिकामा दुई वर्ष पहीले हैजाको संक्रमण देखिएको थियो ।
 जिल्ला अस्पताल प्यूठानका निमित्त मेडिकल सुपरिटेण्डेन्ट सुवास पौडेलले पानीजन्य रोगबाट बच्न सुरक्षित पानी पिउन सचेतनामूलक कार्यक्रमको आवश्यक रहेको बताए । पानी उमालेर, फिल्टरको प्रयोग गरेर र अन्य विधि अपनाएर पानी सुरक्षीत बनाउन सकिउने उनले बताए ।
जिल्लाका सबै ९ वटै स्थानीय तहका ७१ खानेपानी योजनाहरुमा खानेपानी अशुद्ध देखिएकाले स्थानीय तह र उपभोक्ताले गम्भिररुपमा लिएर पानी शुद्धीकरणमा लाग्नुपर्ने स्वास्थ्य कार्यालय प्यूठानका तथ्याङ्क फोकल पर्सन कौशलराज वैद्यले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...