News Portal

रेडियो सुन्नुहोस्

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

झुलेनी नेटवर्क २०८३ साउन १९ गते
२२७ पटक
२०८३ साउन १९ गते

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने बताएका छन् । प्रदेश स्तरीय सडक सुरक्षा सम्बन्धी कार्यशाला गोष्ठीलाई लमहीमा मंगलबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना हुने गरेको र त्यसमा विशेषगरी १६ देखि ३० वर्ष उमेर समूहका युवाको संलग्नता हरेको बताएका । उनले यस विषय प्रदेश सरकारका लागि सबैभन्दा ठूलो चुनौती र चिन्ताको विषय बनेको बताए ।

मुख्यमन्त्री आचार्यले विद्यालय तहदेखि नै सडक सुरक्षा सम्बन्धी सचेतना र अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए । संघ, प्रदेश र स्थानीय तहबीच समन्वय तथा सहकार्य गरेर युवालाई प्रशिक्षित र अनुशासित बनाउन ढिला गर्न नहुने उनले बताए । प्रदेश सरकारले यसमा आवश्यक साझेदारी गर्न तयार रहेको बताउदै आचार्यले दाङ, बाँके, कपिलवस्तु र रुपन्देहीमा सवारी दुर्घटना बढी हुने गरेको बताए । तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति र लागूऔषधको प्रयोग दुर्घटनाका प्रमुख कारण रहेको बताए । लागूऔषध नियन्त्रणमा सबै जिम्मेवार निकायले प्रभावकारी भूमिका खेल्नुपर्नेमा उनले जोड दिए ।
मुख्यमन्त्री आचार्यले पुराना सवारीसाधन, गुणस्तरहीन सडक र चालकको लापरबाहीले पनि दुर्घटना बढाइरहेको उल्लेख गर्दै प्राविधिक रूपमा उपयुक्त र गुणस्तरीय सडक मात्र निर्माण गर्नुपर्ने बताए । ‘बलियो र गुणस्तरीय सडक निर्माण भएपछि सवारी दर्घटना घटाउन सकिन्छ,’ उनले भने,‘यत्तिले मात्र पुग्दैन युवा पीडलाइ सचेत पनि गराउन जरुरी छ ।’

उनले नागरिक समाजलाई सुसूचित गर्दै बालबालिकालाई कुलतबाट टाढा राख्नुपर्ने, समाजमा बढ्दै गएको विकृति, विसंगति र अराजकता नियन्त्रण गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याए । दुर्घटनापछि घाइतेको समयमै उद्धार र उपचारको व्यवस्था सुनिश्चित गर्दै मानवीय भावना र जिम्मेवार समाज निर्माण गर्न पनि उनले आग्रह गरे।

प्रदेश नीति तथा योजना आयोगका फोकल पर्सन शंकरसिंह धामीले लुम्बिनी प्रदेशको पाँच वर्षको सडक दुर्घटना विश्लेषण प्रस्तुत गर्दै प्रदेशमा आर्थिक वर्ष २०७७÷७८ देखि २०८१÷८२ सम्म ७ हजार ८ सय ६६ सवारी दुर्घटना भएको जानकारी दिए । ती दुर्घटनामा २ हजार ५ सय २५ जनाको मृत्यु, ५ हजार ४ सय १६ जना गम्भीर घाइते र ६ हजार ८ सय ४ जना सामान्य घाइते भएका छन् ।
लुम्बिनी प्रदेशमा दुर्घटनामा संलग्न सवारीमध्ये ६ हजार २ सय ७१ वटा दुईपाङ्ग्रे रहेका छन्, जुन कुल दुर्घटनाको करिब ५७ प्रतिशत हो । अधिकांश दुर्घटना साँझ ६ बजेदेखि मध्यरातसम्म हुने गरेका छन् भने करिब ९० प्रतिशत दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेको विश्लेषणमा उल्लेख गरिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...