News Portal

रेडियो सुन्नुहोस्

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

झुलेनी नेटवर्क २०८३ असोज २ गते
२० पटक
२०८३ असोज २ गते

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ । १९ करोड ३ लाख ४५ हजार ५ सय ५२ रुपैयाँको लागतमा निर्माण भएको अस्पतालको शुक्रबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरेका हुन्।

गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा रहेको थियो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गरिरहेको बताए ।अस्पताल सञ्चालनमा आएपछि गौमुखी गाउँपालिकाका नागरिकले आधारभूत स्वास्थ्य उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।अस्पतालको उद्घाटनसँगै स्वास्थ्य सेवा समेत सुरु भएको छ ।

अस्पताललाई प्रभावकारी रूपमा सञ्चालन गरी नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण बनाउन प्रदेश सरकार र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको मुख्यमन्त्री आचार्यको भनाइ छ।

 

मुख्यमन्त्री आचार्यले पछिल्लो समय ३५ वर्षका उपलब्धिलाई बिर्सिएर ‘केही भएन’ भन्ने गलत भाष्य निर्माण गर्न खोजिएको बताउँदै यो अवधिमा भएका उपलब्धिबारे सबै जानकार रहेको स्पष्ट पारे । अधुरा तथा अपुरा आयोजनाको प्रदेश सरकारले अनुगमन गर्ने र आवश्यकताअनुसार समस्या समाधानका लागि पहल गर्ने उनले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दीपेन्द्र पुनले आधारभूत अस्पतालको सेवा प्रवाह, जनशक्ति र उपकरण व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताएका छन् ।

कार्यक्रममा प्यूठानका प्रमुख जिल्ला अधिकारी शान्तराज प्रसाई लगायतले अस्पतालबाट स्थानीय नागरिकले सहज र प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन् ।
अस्पताल सञ्चालनमा आएसँगै गौमुखी गाउँपालिका तथा आसपासका क्षेत्रका नागरिकलाई सामान्य स्वास्थ्य उपचार, स्वास्थ्य परीक्षण तथा आधारभूत उपचार सेवा स्थानीय तहमै उपलब्ध हुने स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैसीको भनाइ छ ।

 

उक्त कार्यक्रममा गाउँपालिकाका तर्फबाट मुख्यमन्त्री आचार्यसामु अस्पतालका लागि आवश्यक जनशक्ति र उपकरणको प्रबन्ध गर्नेलगायत चारवटा विभिन्न आयोजनालाई प्राथमिकतामा राखी बजेट व्यवस्था गर्न माग गरिएको छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...