


२०८३ असोज १५ गतेनेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ ।
वडा र पालिका अधिवेशन सम्पन्न गर्नका लागि पालिका संयोजकहरु तोकिएको कांग्रेसले जनाएको छ । प्यूठान नगरपालिका नेत्र के.सी, स्वर्गद्वारी नगरपालिका कृष्ण प्रसाद बस्याल , मल्लरानी गाउँपालिका कुमार श्रेष्ठ,ऐरावती गाउँपालिका एशन शाहीलाई तोकेको छ ।
त्यस्तै सरुमारानी गाउँपालिका पुष्प न्यौपाने,माण्डवी गाउँपालिका दिपक के.सी,नौबहिनी गाउँपालिका देबिराम पुन, झिमरुक गाउँपालिका प्रमोद पोख्रेल र गौमुखी गाउँपालिकामा अर्जुन गिरीलाई पालिका अधिबेशन गर्न पालिका संयोजक तोकेको हो ।

बिहीबार एक कार्यक्रमका बिच प्यूठान नगरपालिका –४ बिजुवार खेलकुद मैदान नजिकै सम्पर्क कार्यालय समेत स्थापना गरेको नेपाली कांग्रेस प्यूठानका सह–सचिव प्रमोद पोख्रेलले जानकारी दिए ।
उनका अनुसार असोज १७ गतेसम्म वडा र पालिका अधिवेशन सकेर १८ गते प्यूठानको बिजुवारमा घोषणा सभा गर्ने कार्यक्रम रहेको छ ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।















