


२०८३ असोज २७प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको भवनबाट सेवा आरम्भ भएसङ्गै वडावासिलाई सेवा प्राप्त गर्न सहज भएको नगरप्रमुख विष्णु बहादुर योगिले बताए।
५५ लाख २२ हजार लागतमा निर्मित भवनबाट सेवा सुरु भएसङ्गै वडाको सेवाप्रवाह सहज भएको छ। ‘सिमित श्रोतका विच प्यूठान नगरपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ।’ मेयर योगीले भने- ‘कामहरु बाँकी रहेपनि वडाकै भवनबाट सेवा सुभारम्भ गरेका छौँ।’
अर्को प्रसङ्गमा मेयर योगीले ससर्त अनुदानको प्रणालिले स्थानीय सरकारलाई अप्यारोमा पारेको भन्दै समानिकरण अनुदानलाई बृद्घि गर्नुपर्ने बताए। दायित्व वृद्घि गर्ने ससर्त अनुदानका बजेटले स्थानीय तह जनताको आवश्यकतामा त्रिपाल र पाईप समेत दिन नसक्ने अवस्थामा पुगेको योगीको भनाई छ।
सोमबार भएको वडा कार्यालय उद्घाटन कार्यक्रममा उपमेयर देवेन्द्र वर्मा, प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुषाल, वडा अध्यक्षहरु, जनप्रतिनिधि, कर्मचारी लगायतको उपस्थिती रहेको थियो।
प्यूठान नगरपालिकाले भाडाको घरबाट सञ्चालनमा रहेका वडाहरुको आफ्नै प्रशासनिक भवन निर्माण गरेको छ। वडा न. ५, ८ र १० को प्रशासनिक भवन पनि केही समयमै उद्घाटन हुने प्यूठान नगरपालिकाका प्रबक्ता सुमनराज श्रेष्ठले जानकारी दिए।



हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।
















