News Portal

रेडियो सुन्नुहोस्

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

झुलेनी नेटवर्क२०८३ असोज २८
४१ पटक
२०८३ असोज २८

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक भएको छ।

नवगायक प्रविण घर्ती मगरको शब्द, स्वर र सङ्गीत रहेको उक्त गितमा महिला स्वर सरिता सुनारको रहेको छ। नेपाली सेनाबाट अवकासपछि कलाकारितामा लागेका घर्तीको उक्त गितमा निर्देशन तथा कोरियोग्राफि मुकेश नेपाली, भिडियोको छायांकन बुद्ध थापाले गरेका छन्।

अजित राना मगरले ड्रोन अपरेसन र नवीन घर्ती मगरले सम्पादन गरेको गीतको पोस्ट प्रोडक्सन एड्भेन्चर इन्टरटेनमेन्टले गरेको हो।

मूर्छुङ्गा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ सञ्जय श्रीपालले गरेका छन्। गोविन्द ओली (रोपाली) र रमेश नेपालीले गीतको रेकर्डिङ गरेका हुन्।

‘प्रविण घर्ती मगर अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतको निर्माणमा प्यूठानका कलाकार तथा प्राविधिकको सहभागिता रहेको छ ।

स्थानीय कलाकार तथा प्राविधिकको सहकार्यमा तयार भएको ‘जन्म ठाउँ’ ले प्यूठानको सांगीतिक प्रतिभालाई फराकिलो दर्शकमाझ पुर्‍याउने अपेक्षा गरिएको छ। गीतमार्फत जन्मभूमिप्रतिको भावनासँगै जिल्लाको कला, संस्कृति र धार्मिक तथा पर्यटकीय क्षेत्रको पहिचानलाई समेत उजागर गर्ने प्रयास गरिएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...