


२०८३ कार्तिक १२विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन हुने भएको छ ।
मल्लरानी गाउँपालिका ४ नं. वडाको सहयोग र एफसी खलंगाको आयोजना कार्तिक १७ गतेदेखि प्रतियोगिता संचालन हुन लागेको हो ।
प्रतियोगितामा विजेतालाई ४० हजार नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र र दोश्रो हुनेलाई २० हजार नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको मिडिया पार्टर प्यूठान समाचार डट कम रहेको छ ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।













