News Portal

रेडियो सुन्नुहोस्

नोबेलमा चिरफारबिनै मस्तिष्कभित्रको ट्युमरको सफल शल्यक्रिया

११८१ पटक

विराटनगर- विराटनगरस्थित नोबेल मेडिकल कलेजको शिक्षण अस्पतालमा चिरफार नगरी दूरबिनको माध्यमबाट सफल शल्यक्रिया सेवा सुरु भएको छ। अस्पतालले सुनसरीको इनरुवा–१० का ३८ वर्षीय हारुन अन्सारीको मस्तिष्कको सफल शल्यक्रिया गरेको हो।

नाकको प्वालबाट इन्डोस्कोप छिराएर दूरबिनको माध्यमबाट चिरफारबिना नै ‘पिट्युटरी ग्लान्ड’ को सफल शल्यक्रिया गरिएको नोबेल अस्पतालका न्यूरोसर्जन डा प्रकाश काफ्लेले बताए ।

नोबेल अस्पतालका डा आइपी चेरियन, डा प्रकाश काफ्ले, डा विनोद फेलेक्स लगायत चिकित्सकको टोलीले अन्सारीको मस्तिष्कभित्रको ट्युमरको शल्यक्रिया गरेको हो। शल्यक्रियापछि उनको दिनचर्या सामान्य रुपमा चल्न थालेको छ। स्वस्थखबर पत्रिकाले छापेको छ ।

वैदेशिक रोजगारीका लागि साउदी गएर बिदामा फर्किएका अन्सारी शल्यक्रियापछि अब पुनः वैदेशिक रोगजारीमा जाँदै छन्। डा काफ्लेका अनुसार दूरबिनबाट शल्यक्रिया गर्दा छिटो हुने, रगत धेरै खेर नजाने, बिरामी लामो समय अस्पताल बस्नु नपर्ने, चोट नदेखिने र कम खर्चिलो समेत हुन्छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...