News Portal

रेडियो सुन्नुहोस्

सरुमारानी सौराकोटको टावर सञ्चालनमा, सांसद थापाद्वारा उद्घाटन

झुलेनी नेटवर्क२०८१ माघ १७
१०४४ पटक
२०८१ माघ १७

सरुमारानी गाउँपालिका ५ सौराकोटमा निर्मित नेपाल टेलिकमको टावर सञ्चालनमा आएको छ। २०७६ सालमा निर्माण सुरु गरिएको टावरको बिहिवार प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापा क्षेत्रीले उद्घाटन गरेका छन्।

नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङलाई फोन गरेर सांसद थापाले टावरको सेवाको उद्घाटन गरेका थिए।

सञ्चालनमा आएको टावरबाट टुजी र फोरजी सेवा सञ्चालन हुने नेपाल टेलिकम तुलसीपुर कार्यालयका प्रमुख सन्तोष शर्माले बताए। टावर सञ्चालनमा आएसँगै त्यस क्षेत्रका जनताको सञ्चारमा पहुँच पुगेको सरुमारानी गाउँपालिकाका अध्यक्ष झग बहादुर विश्वकर्माले बताए।

उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी र स्थानीयको उपस्थिति रहेको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...