News Portal

रेडियो सुन्नुहोस्

नोबेलमा चिरफारबिनै मस्तिष्कभित्रको ट्युमरको सफल शल्यक्रिया

१४६९ पटक

विराटनगर- विराटनगरस्थित नोबेल मेडिकल कलेजको शिक्षण अस्पतालमा चिरफार नगरी दूरबिनको माध्यमबाट सफल शल्यक्रिया सेवा सुरु भएको छ। अस्पतालले सुनसरीको इनरुवा–१० का ३८ वर्षीय हारुन अन्सारीको मस्तिष्कको सफल शल्यक्रिया गरेको हो।

नाकको प्वालबाट इन्डोस्कोप छिराएर दूरबिनको माध्यमबाट चिरफारबिना नै ‘पिट्युटरी ग्लान्ड’ को सफल शल्यक्रिया गरिएको नोबेल अस्पतालका न्यूरोसर्जन डा प्रकाश काफ्लेले बताए ।

नोबेल अस्पतालका डा आइपी चेरियन, डा प्रकाश काफ्ले, डा विनोद फेलेक्स लगायत चिकित्सकको टोलीले अन्सारीको मस्तिष्कभित्रको ट्युमरको शल्यक्रिया गरेको हो। शल्यक्रियापछि उनको दिनचर्या सामान्य रुपमा चल्न थालेको छ। स्वस्थखबर पत्रिकाले छापेको छ ।

वैदेशिक रोजगारीका लागि साउदी गएर बिदामा फर्किएका अन्सारी शल्यक्रियापछि अब पुनः वैदेशिक रोगजारीमा जाँदै छन्। डा काफ्लेका अनुसार दूरबिनबाट शल्यक्रिया गर्दा छिटो हुने, रगत धेरै खेर नजाने, बिरामी लामो समय अस्पताल बस्नु नपर्ने, चोट नदेखिने र कम खर्चिलो समेत हुन्छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...