News Portal

रेडियो सुन्नुहोस्

प्यूठान महोत्वसवको तयारी तिव्र

मधुसदन पोख्रेल
१६०८ पटक

प्युठान,स्वर्गद्वारी प्युठान चाैथाे महोत्सवको तयारी अन्तीम चरणमा पुगेको छ । प्यूठान उद्योग वाणिज्य संघ प्यूठानको आयोजनामा उद्योग वयपार र कलाको विकास गरौ संकृतीको संरक्षण गर्दै पर्यटन वर्ष २०२० सफल पारौ भन्ने मुलनाराका साथ हुन गैरेको चौथो स्वर्गद्धारी महोत्सवमा उद्घाटनका लागि पर्यटन तथा उडेन मन्त्री लिला गिरी .आउने आयोजकले जनाएको छ । गणतान्त्रीक खेल मैदानमा फागुन ८ देखी १८ सम्म संचालन हुन लागिरहेको महोत्सवमा विभिन्न झाकी सराय नाच कृषि प्रर्दसनी प्यूठानका पर्यटकीय क्षेत्रका प्रचार प्रसार लगाएत स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ । साथै महोत्सव अवधीभर विजुवार गाजुरेमा रहेको वाडटर फाउन्डेसनलाइ न्युन टिकट दरमा पानीको फोहोरा देखाउने व्यवस्था मिलाएको उद्योग वाणिज्य संघ प्यूठानका उपाध्यक्ष एवम माहोत्सवका अनुगमन तथा मुल्यङकन समितीका सदस्य मुक्ति पोख्रेलले जानकारी दिनु भयो । साथै फागुन ८ गते उद्घाटका दिन प्यूठानका व्यवसायिहरुलाई पसल वन्द गरी सहभागिहुन पोख्रेलले आग्रह गर्नु भएको छ ।
महोत्सवमा स्टल २५० रहेको र निशुल्क स्टल कम्तीमा २५ रहने आयोजकले जानकारी गराएको छ । महोत्सव परिसरमा सुरुको लाइनमा कृषिहस्तकला तथा कृषि प्रदसनी तेसपछी फेन्सी एवम अन्य व्यपारका स्टल रहने आयोजकले जानकारी गराएको छ । महोत्सवमा प्रवेश शुल्क ७० र विद्यार्थीका लागि ५० रहेको महोत्सव सचिवालयले जानकारी दिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...