News Portal

रेडियो सुन्नुहोस्

प्यूठान महोत्वसवको तयारी तिव्र

मधुसदन पोख्रेल
१५७४ पटक

प्युठान,स्वर्गद्वारी प्युठान चाैथाे महोत्सवको तयारी अन्तीम चरणमा पुगेको छ । प्यूठान उद्योग वाणिज्य संघ प्यूठानको आयोजनामा उद्योग वयपार र कलाको विकास गरौ संकृतीको संरक्षण गर्दै पर्यटन वर्ष २०२० सफल पारौ भन्ने मुलनाराका साथ हुन गैरेको चौथो स्वर्गद्धारी महोत्सवमा उद्घाटनका लागि पर्यटन तथा उडेन मन्त्री लिला गिरी .आउने आयोजकले जनाएको छ । गणतान्त्रीक खेल मैदानमा फागुन ८ देखी १८ सम्म संचालन हुन लागिरहेको महोत्सवमा विभिन्न झाकी सराय नाच कृषि प्रर्दसनी प्यूठानका पर्यटकीय क्षेत्रका प्रचार प्रसार लगाएत स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ । साथै महोत्सव अवधीभर विजुवार गाजुरेमा रहेको वाडटर फाउन्डेसनलाइ न्युन टिकट दरमा पानीको फोहोरा देखाउने व्यवस्था मिलाएको उद्योग वाणिज्य संघ प्यूठानका उपाध्यक्ष एवम माहोत्सवका अनुगमन तथा मुल्यङकन समितीका सदस्य मुक्ति पोख्रेलले जानकारी दिनु भयो । साथै फागुन ८ गते उद्घाटका दिन प्यूठानका व्यवसायिहरुलाई पसल वन्द गरी सहभागिहुन पोख्रेलले आग्रह गर्नु भएको छ ।
महोत्सवमा स्टल २५० रहेको र निशुल्क स्टल कम्तीमा २५ रहने आयोजकले जानकारी गराएको छ । महोत्सव परिसरमा सुरुको लाइनमा कृषिहस्तकला तथा कृषि प्रदसनी तेसपछी फेन्सी एवम अन्य व्यपारका स्टल रहने आयोजकले जानकारी गराएको छ । महोत्सवमा प्रवेश शुल्क ७० र विद्यार्थीका लागि ५० रहेको महोत्सव सचिवालयले जानकारी दिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...