News Portal

रेडियो सुन्नुहोस्

नौबहिनीमा राहत वितरण,बास्तविक मजदुरहरुले राहत नपाएको गुनासो

बोम बहादुर परियार ५ वैशाख प्यूठान,
११२५ पटक
५ वैशाख प्यूठान,

नौबहिनी गाउँपालिका वडा नं ६ लुङ टापुमा स्थानिय मजदुरहरुका लागि राहत वितरण गरिएको छ। कोरानो भाइरसका कारण लकडाउनको समयमा दैनिक ज्याला मजदुर गरि खाने मजदुरहरुलाई राहत वितरण गर्ने सरकारी निर्णय अनुसार गाउँपालिकाले राहत वितरण गरेको हो।
गाउँपालिकाले शुक्रबार एक कार्यक्रमका वीच १६ घरपरियारलाई राहत वितरण गरिएको वडा अध्यक्ष माधव सिंह के.सीले जानकारी दिनुभयो। प्रति परिवार ३० के.जी चामल,२ के.जी दाल, १ लिटर तेल, १ किलो नुन वितरण गरिएको हो।
वडामा राहत वितरण गरिएता पनि विवादका कारण १६ घरपरिवार बाहेक अरुलाई वितरण गर्न नसकि राहत वितरण कार्यक्रम स्थगित भएको छ। वडामा अत्यन्तै गरिव ज्याला मजदुरी गरि खानेलाई क वर्गमा राखेर राहत वितरण गर्न वडाले खोजे पनि अन्य ब्यक्तिहरु पनि राहत वितरण स्थलमा आएर बिरोध गरेपछि राहत वितरण कार्यक्रम स्थगित गरिएको अध्यक्ष के.सीको भनाई छ। राजनितिक पुर्वाग्रहका कारण केहि मजदुरहरुले राहत नपाएको भन्दै विरोध गरेका छन्। हामी पनि गरिखाने मजदुर हो स्थानिय राम बहादुर घर्तीले भन्नुभयो–“ राहतमा वडा अध्यक्षले राजनितिक गर्नुभयो यसमा हाम्रो आपत्ति छ।”
त्यस्तै वडामा ज्याला मजदुरी गरि खाने जीवन घर्ती, खगिसरा लगाएतले राहत नपाएको स्थानिय बुद्धिजीवि बसन्ता के.सी. बताउनुभयो। उहाँले वास्तविक पिडितले भन्दा पनि अन्यले राहत पाएको बताउनुभयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...