News Portal

रेडियो सुन्नुहोस्

नौबहिनीमा राहत वितरण,बास्तविक मजदुरहरुले राहत नपाएको गुनासो

बोम बहादुर परियार ५ वैशाख प्यूठान,
१३६१ पटक
५ वैशाख प्यूठान,

नौबहिनी गाउँपालिका वडा नं ६ लुङ टापुमा स्थानिय मजदुरहरुका लागि राहत वितरण गरिएको छ। कोरानो भाइरसका कारण लकडाउनको समयमा दैनिक ज्याला मजदुर गरि खाने मजदुरहरुलाई राहत वितरण गर्ने सरकारी निर्णय अनुसार गाउँपालिकाले राहत वितरण गरेको हो।
गाउँपालिकाले शुक्रबार एक कार्यक्रमका वीच १६ घरपरियारलाई राहत वितरण गरिएको वडा अध्यक्ष माधव सिंह के.सीले जानकारी दिनुभयो। प्रति परिवार ३० के.जी चामल,२ के.जी दाल, १ लिटर तेल, १ किलो नुन वितरण गरिएको हो।
वडामा राहत वितरण गरिएता पनि विवादका कारण १६ घरपरिवार बाहेक अरुलाई वितरण गर्न नसकि राहत वितरण कार्यक्रम स्थगित भएको छ। वडामा अत्यन्तै गरिव ज्याला मजदुरी गरि खानेलाई क वर्गमा राखेर राहत वितरण गर्न वडाले खोजे पनि अन्य ब्यक्तिहरु पनि राहत वितरण स्थलमा आएर बिरोध गरेपछि राहत वितरण कार्यक्रम स्थगित गरिएको अध्यक्ष के.सीको भनाई छ। राजनितिक पुर्वाग्रहका कारण केहि मजदुरहरुले राहत नपाएको भन्दै विरोध गरेका छन्। हामी पनि गरिखाने मजदुर हो स्थानिय राम बहादुर घर्तीले भन्नुभयो–“ राहतमा वडा अध्यक्षले राजनितिक गर्नुभयो यसमा हाम्रो आपत्ति छ।”
त्यस्तै वडामा ज्याला मजदुरी गरि खाने जीवन घर्ती, खगिसरा लगाएतले राहत नपाएको स्थानिय बुद्धिजीवि बसन्ता के.सी. बताउनुभयो। उहाँले वास्तविक पिडितले भन्दा पनि अन्यले राहत पाएको बताउनुभयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...