News Portal

रेडियो सुन्नुहोस्

प्रोपोगन्डामा अडिएको नेपाली राजनीति

जायश्वर जैसी
१४७४ पटक

समाजका प्रत्येक अवयवहरूको सञ्चालक शक्ति राजनीति हो । राजनीतिले नै समाज विकासको गति निर्धारण गर्दछ । राजनीति सेवाहरू मध्येको सबैभन्दा उच्चतम सेवा हो । राजनीतिलाई सही ढङ्गले लागु गर्ने हो भने राष्ट्रले नयाँ फड्को मार्न पनि सक्छ । राजनीति आफैमा गलत नीति होइन । राजनीतिलाई यदि सही ठाउँमा सही तरिकाले प्रयोग गरिएन भने यो जस्तो फोहोरी एवं भ्रष्ट नीति अरू हुन पनि सक्दैन । राज्य सञ्चालनको मूल नीति नै राजनीति हो । तर, यहाँ सामान्य भन्दा अति सामान्यदेखि अति उच्चतम मुद्दाहरूमा हुने राजनीति र यसको ु प्रोपोगन्डाु ले राजनैतिक प्रणाली एवं सिद्धान्तमाथि गम्भीर खालका प्रश्न उब्जन थालेका छन् । सेवाका रूपमा विकास गरिएका राजनैतिक सिद्धान्त र पद्धतिलाई पेशामा परिणत गरिएको छ ।

कोरोनाको विषयमा होस् यात राहतको विषयमा होस् यात राष्ट्रवादको विषयमा होस् यात भ्रष्टाचारको विषयमा होस् यात अध्यादेशको विषयमा होस् यात सांसद अपहरण गरिएको भन्ने विषयमा होस् यात सत्ता सन्तुलन अदलबदलको लागि होस्, यावत् विषयमा बचाउ र खारेजीको प्रोपोगन्डा जारी छ ।

यतिबेला नेपाली समाज अझ भन्दा त्यसका अगुवाहरूको बीचमा प्रोपोगन्डाको राजनीतिले बजार निकै तातेको छ । कोरोनाको विषयमा होस् यात राहतको विषयमा होस् यात राष्ट्रवादको विषयमा होस् यात भ्रष्टाचारको विषयमा होस् यात अध्यादेशको विषयमा होस् यात सांसद अपहरण गरिएको भन्ने विषयमा होस् यात सत्ता सन्तुलन अदलबदलको लागि होस्, यावत् विषयमा बचाउ र खारेजीको प्रोपोगन्डा जारी छ । प्रोपोगन्डा मच्चाउन सक्नेहरूको हातमा अहिलेको नेपाली राजनीति हिडिरहेको छ । बचाउ र खारेजीको प्रोपोगन्डाका लागि विभिन्न संचार माध्यम तथा आफ्ना भक्तहरूलाई कार्यक्षेत्र निर्धारण गरेर खटाइएको छ ।
हुन त राजनीतिमा जे पनि हुन्छ भन्ने कुरा राजनीतिको विश्व बजारमा स्थापित गर्न खोजिदै छ । विश्व राजनीति नै पुँजीवादी एवं साम्राज्यवादीहरूको प्रोपोगन्डामा चलेको छ । प्रोपोगन्डा मच्चाएरै संसारको शक्तिशाली बन्ने होडमा कथित शक्ति राष्ट्र मानिने देशका शासकहरू विभिन्न तरिकाले लागिपरेको देखिन्छ । कोभिड ज्ञढ को विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रोपोगन्डा दृष्टान्तको रूपमा हेर्न सकिन्छ । शासन सत्तामा पुग्न र त्यहाँ टिकिरहन शक्तिशाली हतियारको रूपमा प्रोपोगन्डालाई पहिलेदेखि नै प्रयोग गरेको पाइन्छ । तत्कालीन जर्मनका विश्व तानाशाही शासकको रूपमा स्थापित हिटलरले पनि आफ्ना संचार मन्त्री डा। जोसेफ गोयबल्स मार्फत प्रोपोगन्डा मच्चाएर शक्तिशाली तानाशाह बनेका थिए । गोयबल्सको प्रोपोगन्डे रणनीतिअनुसार हिटलर चल्दथे । गोयबल्सले कुनै पनि मिथ्या झुट९असत्य लाई बारम्बार अर्थात् सयौं पटक दोहोराएर जनतासामु चिच्चाइयो भने जनताले अन्तिम सत्य त त्यही रहेछ भन्ने ठान्छन् र जनता पछिपछि लाग्छन् अनि सत्ता टिक्छ भन्ने ठान्दथे ।

सरकार मात्रै होइन सरकार इतर विपक्षी का मिडिया र मान्छेहरू पनि सरकारका कमीकमजोरी माथि प्रोपोगन्डा मच्चाएर सरकारलाई सत्ता च्यूत गर्न खोजेको पनि आभास भैरहेकै छ । नेपाली राजनीति ईमान, नैतिकता, आदर्श, सिद्धान्त, विधि, पद्धतिमा चल्न त धेरै पहिले देखि नै छोडी सकेको छ ।

नेपालमा पनि वर्तमान सरकारका निवर्तमान संचार मन्त्रीले पनि झन्डै गोयबल्स शैलीको प्रोपोगन्डा मच्चाउन खोज्थे । सरकारका विवादास्पद विषयमा उनी सयौं पटक अरूलाई होच्याएर बोल्दै दुई तिहाईलाई हेप्नी भन्दै जबर्जस्त विषयलाई स्थापित गर्न खोज्दथे । उनले आफ्नै विषयमा पनि भ्रष्टाचार नगर्ने संकल्प गरेको, भ्रष्टाचार गर्न अफूलाई बानी पनि नपरेको भन्दै सयौं पटक बोल्थे । तर, भ्रष्टाचार सम्बन्धी आफ्नै अडियो टेप सार्वजनिक भएपछि उनले पदबाट राजीनामा गरे । उनको बचाउमा उनका भक्तहरूले भ्रष्टाचार नगरेको, षड्यन्त्र भएको भन्दै प्रोपोगन्डा मच्चाए । सरकारका विवादास्पद विषयमा सरकार आसपासका मान्छेहरू पुरै प्रोपोगन्डा मच्चाएर गलत विषयलाई पनि स्थापित गर्न खोजेको प्रष्टै देखिन्छ । सरकार मात्रै होइन सरकार इतर विपक्षी का मिडिया र मान्छेहरू पनि सरकारका कमीकमजोरी माथि प्रोपोगन्डा मच्चाएर सरकारलाई सत्ता च्यूत गर्न खोजेको पनि आभास भैरहेकै छ । नेपाली राजनीति ईमान, नैतिकता, आदर्श, सिद्धान्त, विधि, पद्धतिमा चल्न त धेरै पहिले देखि नै छोडी सकेको छ । राजनैतिक नेतृत्वले जतिसुकै नैतिकता एवं सिद्धान्तनिष्ठताको कार्ड फ्याँके पनि आफ्ना भक्त९भजन मण्डली० हरू मार्फत सत्तामा पुग्ने र त्यहाँ टिक्ने शक्तिशाली हतियारको रूपमा प्रोपोगन्डालाई नेपाली राजनीतिमा प्रयोग गर्न खोजेको सजिलै आँकलन गर्न सकिन्छ ।

२०४६ सालपछि नेपाली राजनीतिमा जनताको बीचमा प्रोपोगन्डा मच्चाएर सत्तामा पुग्ने र टिक्ने खेल अलि बढी चलेको देखिन्छ । ०४६ सालतिर बहुदलीय प्रजातन्त्रको नाममा प्रोपोगन्डा मच्चाएर पञ्चायत ढालियो । बहुदलीय राजनीति स्थापना भयो । बहुदलीय पद्धति स्थापना भयो भने त देशमा केही हुन्छ भन्ने जनताले आशा गरे । जनताको पक्षमा काम हुन सकेनन् । बहुदलीय पद्धतिबाट पनि जनताको हित नहुने भन्दै बहुदल स्थापना भएको छोटो समयमै कम्युनिष्ट शासन स्थापनार्थ गर्ने भनी ०५२/६२ सम्म जनयुद्धको प्रोपोगन्डा चल्यो । जनयुद्धको पक्ष र विपक्षमा ठुलाठुला प्रोपोगन्डा नै चले । आखिर जनयुद्धलाई शान्ति सम्झौताको नाममा विसर्जन गरियो । २०६२र०६३ सालमा गणतन्त्र स्थापनाको प्रोपोगन्डाले सडक ततायो । गणतन्त्र पनि स्थापना भयो । त्यसपछि संबिधान सभाको निर्वाचन, समानुपातिक, समावेशी, धर्म निरपेक्षत, संघीयता लगायतका मुद्दामा प्रोपोगन्डा नै चलाइयो । अहिले नेपालमा शासन प्रणालीका हिसाबले शान्ति र समृद्धि सहितको समाजवादको प्रोपोगन्डा चलेको छ ।

  राष्ट्रवादको नाममा प्रोपोगन्डा चलाएर वर्तमान वली सरकार सत्तामा बिराजमान छ । राष्ट्रवादी भनिने सरकार तथा त्यसका मन्त्रीहरू भ्रष्टाचार र राष्ट्रघातमा डुब्दा पनि हामीले गरेका छैनौं भन्ने प्रोपोगन्डा नै चलाएर तथ्यलाई ढाकछोप गर्न खोजिन्छ । भर्खरै जारी अध्यादेशको विषयमा पक्ष र विपक्षमा प्रोपोगन्डा चले । अध्यादेशको बिरुद्धमा भएको प्रोपोगन्डाले त्यो फिर्ता हुन पुग्यो ।

सांसद अपहरणको विषयमा हो या होइन भन्ने प्रोपोगन्डा पनि चलेको छ । वर्तमान समयमा सत्ता अड्ढाउने र सत्ता पल्टाउने राजनैतिक प्रोपोगन्डा चलेको छ । सत्ता पक्षले आफ्ना कमीकमजोरी सच्चाउनुको सट्टा आफ्ना असली अनुयायीहरू मार्फत तथ्य लुकाउने प्रोपोगन्डा चलाएको देखिन्छ । विपक्षीले पनि जनताको पक्षमा काम गर्नुको सट्टा सरकारका कमीकमजोरी मात्रै उजागर गरेर सत्तामा चढ्ने प्रोपोगन्डा चलाउन खोजेको देखिन्छ । पार्टी भित्र बाहिर चारैतिर आफ्ना स्वार्थ र एजेन्डामा प्रोपोगन्डा चलाएर नै सिढी चढिन्छ भन्ने भ्रम सिर्जना भएको छ । स्थापित मूल्य, मान्यता, सिद्धान्त, संबिधान र कानुनका आधारमा होइन प्रोपोगन्डाको भरमा सत्ता पुग्ने होडबाजी चलेको छ । समाजिक सञ्जाल एवं विभिन्न मिडिया मार्फत हुने प्रोपोगन्डाले आम जनतालाई दिग्भ्रमित तुल्याएको छ । त्यसैको आधारमा सत्य असत्य छुट्टाउन नागरिक विवश छन् । सोझो तरिकाले यहाँ कुनै पनि एजेन्डा स्थापित भएका छैनन् । राम्रो होस् या नराम्रो, जनता र देशको पक्षमा होस् या नहोस् प्रोपोगन्डा नै चलाएर एजेन्डा स्थापित गरिएको छ । जुन समाज र राष्ट्रको लागि हितकर छैन । प्रोपोगन्डाको भरमा होइन, निश्चित विधि र पद्धतिमा नेपाली समाज र राजनीति चल्नुपर्छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...