News Portal

रेडियो सुन्नुहोस्

सामुदायिक बिध्यालयको शैक्षिक गुणस्तर वृद्धिमा ध्यान जानुपर्छ: सरोकारवाला

राम वहादुर विश्वकर्माप्यूठान १ वैशाख
१४९५ पटक
प्यूठान १ वैशाख

मरन्ठानाका शैक्षिक सरोकारवाला हरुले सामुदायिक विध्यालयको शैक्षिक गुणस्तर वृद्घिमा सवैको ध्यान जानुपर्ने वताएका छन्।

बाल बिध्या मा बि मरन्ठानाले  बार्षिक परिक्षाको नतिजा सार्बजनिक गर्ने सन्दर्भ पारेर अायोजना गरेको कार्यक्रममा वोल्दै उनिहरुले सामुदायिक विध्यालयको शैक्षिक गुणस्तर वृद्घी गर्न सकेमामात्र समाजको शैक्षिक अवस्थामा सुधार अाउने वताएका हुन।

बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष एबम प्युठान नगरपालिका वडा नं ९ का अध्यक्ष नेहरसिह के सि ले शैक्षिक गुणस्तर सुधार गर्न सवै पक्षले प्रयत्न गरे सम्भब रहेको वताउनु भयो।

भौतिक क्षेत्रको लगानिले मात्र बिकास संभव नरहेको र अब शैक्षिक बिकासमा खर्च गरि दक्ष ब्यक्ति उत्पादन साथै रोजगारी प्रदान गरि अगाडी बढ्नु पर्ने प्युठान नगरपालिका १० का अध्यक्ष पदम गिरिले बताउनुभयो।

बिध्यार्थिको लगनसिलता,शिक्षकको कामको एकरुपता, अभिभावको सहयोगले मात्र शिक्षाको गुणस्तरियता कायम गर्न सकिने भएकाले सम्पुर्ण सरोकारवाला निकायले समयमै ध्यान पुर्याउनुपर्ने बिध्यालयका पुर्ब अध्यक्ष एबम समाजसेवी टेकुलाल गिरिले बताउनुभयो ।

उक्त विध्यालयले प्रकाशन गरेको शैक्षिक सत्र २०७४ को नतिजामा बिध्यालय प्रथम विशाल सुनार कक्षा १( ९०%) दितिय दिपक बि सि कक्षा ४( ८८%) र तृतीय स्थान एलिना गिरि कक्षा ५ ले (८६.६६%) हासिल गरेका छ्न।

कक्षागत रुपमा शिशु कक्षामा जेनिस बिष्ट प्रथम कक्षा १ मा क्रमस:मन्जु बिष्ट ,अन्जना बि.क ,माण्डबी बि.सि कक्षा २ मा विशाल सुनार,सोनु नेपाली ,सरोज बि सि कक्षा ३ मा बिपना रोका,समीर बि.क ,अन्जु नेपाली कक्षा ४ मा दिपक बि सि,प्रतीक्षा बि.क,सागर बस्नेत र सम्झना थापा कक्षा ५ मा एलिना गिरि ,सदिच्छा गिरि,अदिक्षा सुनार कक्षा ६ मा अन्जना बिष्ट ,सुरज बुढमगर ,बिजय सुनार  कक्षा ७ मा सुशीला श्रेष्ठ ,सुरज बिष्ट ,अनिता बि.क कक्षा ९ मा पुरन बि.क दिपक सुनार ,वसन्त बिष्ट रहेका छ्न।

२०७३ को शैक्षिकसत्र भन्दा २०७४ मा कक्षा ५ र ८ मा राम्रो नतिजा हासिल गरेका भन्दै बिध्यालयका प्रधानाध्यापक केसु गिरिले आगामी दिनमा अझ राम्रो नतिजाको लागि प्रयास गर्ने प्रतिबद्धता गर्नुभयो ।

यसै शैक्षिकसत्र(२०७५) देखि कक्षा १ मा अङ्ग्रेजी माध्यम र कक्षा ११-१२ मा आई .एस्सि .एजि अध्यापनका लागि सम्पूर्ण पुर्बाधार तयारि पूरा भएको बिध्यालयले जनाएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया सरुमारानीमा सम्पन्न

भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सरुमारानीमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग...

शिक्षकहरुको आन्दोलन जारी, सुनेनन सरकारको अनुरोध

  सरकारको अनुरोधको बेवास्ता गर्दै शिक्षकहरुको आन्दोलन जारी रहेको छ । सरकारले बैशाख १२ गते...

शिक्षकको आन्दोलनले सरकारी विद्यालय सुनसान, निजीमा धमाधम भर्ना

शिक्षकहरूको आन्दोलनका कारण सरकारी विद्यालयको गतिविधि ठप्प हुँदा निजी विद्यालयले भने धमाधम भर्ना अभियान सञ्चालन...

२०८२ वर्ष बुढो नयाँ वर्षको शुभकामना !

आज नयाँ वर्ष । यस वर्षको नयाँ दिन । यसको रौनकले जताततै छपक्कै छाएको छ...

आफैले पेट्रोल खन्याएर आगो लगाउँदा ८० वर्षीय वृद्धको मृत्यु

बागलुङमा ८० वर्षीय एक वृद्धले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका छन् । बागलुङको ताराखोला...