News Portal

रेडियो सुन्नुहोस्

कहाँ छन प्युठानका कोरोना संक्रमितहरु?

सुजाता थापा क्षेत्रीजेष्ठ ३०,प्युठान
१४९८ पटक
जेष्ठ ३०,प्युठान

पछिल्लो समयमा विश्वभरी फैलिएको कोरोना भाइरसले महामारीको रुपमा रुप लिइ रहेको बेला प्युठानमा पनि कोरोना संक्रमितको संख्या २४ पुगेको छ।

संक्रमितहरु मध्ये सरुमारानी गाउपालिकामा १ जना, माण्डवी गाउपालिकामा १० जना, स्वर्गद्वारी नगरपालिकामा १ जना, प्युठान नगरपालिकामा १० जना र ऐरावती गाउपालिकामा २ जना रहेका छन। संक्रमितहरुलाई स्थानीय तहहरुमा बनाइएको आइसोलेसन केन्द्रमा स्वास्थ्यकर्मीहरुको निगरानीमा राखिएको छ। जसमध्ये प्युठान नगरपालिकामा १० जना, माण्डवी गाउपालिकामा १० जना, ऐरावती गाउपालिकामा २ जना र स्वर्गद्वारी नगरपालिकामा १ जना गरि जिल्लामा जम्मा २३ जना उपचाररत अवस्थामा रहेका छन भने १जना दाङको बेलझुण्डी कोरोना विशेष अस्पतालमा उपचाररत अवस्थामा छन। हालसम्म संक्रमितहरुको अवस्था सामान्य रहेकोे स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुबेदीले जानकारी दिनुभयो।

जिल्ला बाहिरबाट भित्रीएकाहरुलाई निश्चित समयसम्म क्वारेन्टाइन राखी घर पठाउने गरिएको छ। त्यसका लागी जिल्लाका विभिन्न स्थानमा गरी २ सय २७ क्वारेन्टाइन निर्माण गरिएको छ। हाल उक्त क्वारेन्टाइनमा ४ हजार ४ सय १४ जना ब्यक्तीहरु रहेका छन।

अहिलेसम्म प्युठानमा ५ हजार ६ सय ५२ जनाको RDT परीक्षण गरिएको सुबेदीले जानकारी दिनु भयो। उहाँका अनुसार RT/PCR परीक्षणका लागि हालसम्म स्वाब संकलन गरि ९ सय २५ जनाको पठाएकोमा ३ सय ३६ जनामा RDT पोजेटिभ देखिएको थियो भने २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। PCR परीक्षणको लागि पठाइएका मध्ये ३ सय ६२ जनाको नतिजा आउन बाकी रहेको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सांसद थापाद्वारा आन्दोलनरत शिक्षकसंग छलफल

प्यूठान जिल्लाबाट निर्वाचित सङ्घीय सांसद (प्रतिनिधि सभा सदस्य) सूर्य थापाले शिक्षकहरुसंग छलफल गरेका छन् ।...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्वन्धि अन्तरक्रिया माण्डवीमा सम्पन्न

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम माण्डवी गाउँपालिकामा सम्पन्न भएको छ । अख्तियार...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया सरुमारानीमा सम्पन्न

भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सरुमारानीमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग...

शिक्षकहरुको आन्दोलन जारी, सुनेनन सरकारको अनुरोध

  सरकारको अनुरोधको बेवास्ता गर्दै शिक्षकहरुको आन्दोलन जारी रहेको छ । सरकारले बैशाख १२ गते...

शिक्षकको आन्दोलनले सरकारी विद्यालय सुनसान, निजीमा धमाधम भर्ना

शिक्षकहरूको आन्दोलनका कारण सरकारी विद्यालयको गतिविधि ठप्प हुँदा निजी विद्यालयले भने धमाधम भर्ना अभियान सञ्चालन...