News Portal

रेडियो सुन्नुहोस्

कहाँ छन प्युठानका कोरोना संक्रमितहरु?

सुजाता थापा क्षेत्रीजेष्ठ ३०,प्युठान
१९०३ पटक
जेष्ठ ३०,प्युठान

पछिल्लो समयमा विश्वभरी फैलिएको कोरोना भाइरसले महामारीको रुपमा रुप लिइ रहेको बेला प्युठानमा पनि कोरोना संक्रमितको संख्या २४ पुगेको छ।

संक्रमितहरु मध्ये सरुमारानी गाउपालिकामा १ जना, माण्डवी गाउपालिकामा १० जना, स्वर्गद्वारी नगरपालिकामा १ जना, प्युठान नगरपालिकामा १० जना र ऐरावती गाउपालिकामा २ जना रहेका छन। संक्रमितहरुलाई स्थानीय तहहरुमा बनाइएको आइसोलेसन केन्द्रमा स्वास्थ्यकर्मीहरुको निगरानीमा राखिएको छ। जसमध्ये प्युठान नगरपालिकामा १० जना, माण्डवी गाउपालिकामा १० जना, ऐरावती गाउपालिकामा २ जना र स्वर्गद्वारी नगरपालिकामा १ जना गरि जिल्लामा जम्मा २३ जना उपचाररत अवस्थामा रहेका छन भने १जना दाङको बेलझुण्डी कोरोना विशेष अस्पतालमा उपचाररत अवस्थामा छन। हालसम्म संक्रमितहरुको अवस्था सामान्य रहेकोे स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुबेदीले जानकारी दिनुभयो।

जिल्ला बाहिरबाट भित्रीएकाहरुलाई निश्चित समयसम्म क्वारेन्टाइन राखी घर पठाउने गरिएको छ। त्यसका लागी जिल्लाका विभिन्न स्थानमा गरी २ सय २७ क्वारेन्टाइन निर्माण गरिएको छ। हाल उक्त क्वारेन्टाइनमा ४ हजार ४ सय १४ जना ब्यक्तीहरु रहेका छन।

अहिलेसम्म प्युठानमा ५ हजार ६ सय ५२ जनाको RDT परीक्षण गरिएको सुबेदीले जानकारी दिनु भयो। उहाँका अनुसार RT/PCR परीक्षणका लागि हालसम्म स्वाब संकलन गरि ९ सय २५ जनाको पठाएकोमा ३ सय ३६ जनामा RDT पोजेटिभ देखिएको थियो भने २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। PCR परीक्षणको लागि पठाइएका मध्ये ३ सय ६२ जनाको नतिजा आउन बाकी रहेको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...