News Portal

रेडियो सुन्नुहोस्

गौमुखीमा चिकित्सक सेवाः चिकित्सक भर्नासंगै सेवाग्राही दोव्वर वढी

सिखवर समाचारदाता१८ श्रावण, प्यूठान
१८६५ पटक
१८ श्रावण, प्यूठान

गाँउपालिकाले चिकित्सक भर्ना गरेसंगै गौमुखी गाँउपालीकाको लिवासेस्थित पुजा स्वास्थ्यचौकीमा सेवाग्राही दोव्वर वढी थपिएका छन्। पहिले चिकित्सक आउनुअगाडि दैनिक १०-१२ जना विरामीले सेवा लिने गरेकोमा चिकित्सक बस्न थालेपछि ३०-४० जनाको सख्यामा विरामी आउन थालेको हेल्थ पोष्टले जनाएको छ ।

दुर्गम गाँउका जनताको पहुँचमा चिकित्सक सेवा पु¥याउन गौमुखी गाउँपालिकाले चिकित्सक भर्ना गरेको छ । कोरोना भाइरस, झाडा पखाला, ज्वरो तथा टाइफाईटका बिरामीलाई मध्यनजर गर्दै असार १ गते देखी झिमरुक गाउँपालिका ६ घर भएका डा सुवास जीसीलाई भर्नागरेर पालिकाले हेल्थपोष्टबाट चिकित्सकीय सेवा दिँदै आएको छ ।
१७ महिना बिर अस्पताल काठमाडौंमा सेवा गरेका जीसी केहि वर्ष जिल्लाकै लाइफ केयर हस्पिटल प्रालि बाग्दुलामा काम गरेका थिए । चिनको डाली बिश्व विद्यालयमा एमडी अध्ययन गर्दैगर्दा कोरोनाका कारण नेपाल फर्किएका जीसीलाई पालिकाले सेवामा लगाएको पालिका अध्यक्ष विष्णुकुमार गिरीले बताए । दुर्गम गाउँका गरिबले सहज तरिकाले स्वास्थ्य सेवा पाउन भन्ने उदेश्यले चिकित्सक भर्ना गरेको गिरीको भनाइछ ।

गौंमुखी आईसकेपछि सामान्य चिरफार,ओपिडि,माइनर सल्यक्रिया,इमर्जेन्सी स्वास्थ्य सेवा दिँदै आएको चिकित्सक जीसीले बताए । बिकट क्षेत्रबाट सामान्य बिरामी समेत बिजुवार, बुटवल जान नपर्ने भएपछि स्थानीयले राहत पाएका छन् । जीसीले गौमुखीको पुजा हेल्थ पोस्टमा बसेर सेवा दिँदै आएका छन् । चिकित्सक आएसँगै पुजा हेल्थ पोष्टमा १ जना चिकित्सक,  अनमी २ जना र १ जना अहेबले सेवा दिँदै आएका छन् । हेन्थ पोष्टबाट निःशुल्क पाउने ३५ प्रकारका औषधि बाहेक शुल्क लिएर विरामीलाई थप औषधि दिने व्यबस्था समेत मिलाइएको पालिका अध्यक्ष गिरीले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...